७ वैशाख २०८१ शुक्रबार
कला

राष्ट्रिय चलचित्र सम्मेलन हुँदै

काठमाडौं  – मानवअधिकार चलचित्र केन्द्र र चलचित्र विकास बोर्डको संयुक्त आयोजनामा चलचित्र सम्मेलन हुने भएको छ। आइतबार मानवअधिकार चलचित्र केन्दले प्रेस विज्ञप्तिमार्फत आगामी भदौ २६ देखि नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुन लागेको तीन दिने चलचित्र सम्मेलनबारे जानकारी गराएको थियो।

तीन दिने चलचित्र सम्मेलनमा चलचित्र निर्माण, चलचित्रमा विभिन्न विषयको चित्रण र प्रभावबारे कार्यपत्र प्रस्तुति, कार्यपत्र माथि छलफल तथा चलचित्रका क्षेत्रका विभिन्न विषयमा छलफलको आयोजना हुँदैछ। सम्मेलनमा चलचित्रकर्मी, चलचित्रका विज्ञ, चलचित्रको अध्ययन अनुसन्धान गरिरहेका व्यक्ति, प्राध्यापनमा संलग्न व्यक्तिहरुले नेपाली चलचित्रका विभिन्न आयाम, यसको प्रभाव, कला र सौन्दर्यका बारेमा लेखेका कार्यपत्रको प्रस्तुति र छलफल हुनेछ। कार्यक्रममा हरि शर्माले नेपाली समाजको अर्थ राजनीतिमा चलचित्रको महत्वका विषयमा किनोट स्पीच दिनेछन्।

‘यो सम्मेलनले नेपालको बौद्धिक क्षेत्रका व्यक्तिहरुलाई नेपाली चलचित्रका बारेमा अध्ययन अनुसन्धान गर्न, बहसमा सहभागी बनाउन र चलचित्रलाई बौद्धिक क्षेत्रको चासो भित्र पार्न मदत पुग्नेछ भन्ने विश्वास लिएका छौं,’ सम्मेलनका संयोजक अनुप सुवेदीले भने, ‘नेपालमा चलचित्र बन्न थालेको ६ दशकको इतिहासमा यसको बारेमा बहस र विमर्श गर्न पहिलो पटक यस्तो सम्मेलन हुँदैछ।

चलचित्रको गुणस्तर बढाउन यो विधाको महत्व, प्रभाव स्थापित गर्दै चलचित्रको अध्ययन अनुसन्धान, प्राध्यापन र लेखनमा संलग्न बौद्धिक समुदाय र सबै विधामा कार्यरत चलचित्रकर्मीका बीचमा यस सम्मेलनमा विमर्श हुनेछ।’ चलचित्रमा चित्रण गरिने विभिन्न विषय र प्रस्तुतिकरणले आम मानिसमा पार्ने प्रभावको अध्ययन, अनुसन्धान र त्यसका बारेमा हुने छलफलले परिपक्व र कलात्मक चलचित्र निर्माणको वातावरण बनाउन सहयोग पुग्ने उनले बताए। सम्मेलनले आम मानिसलाई समाज बुझाउन र सौन्दर्य चेतना बढाउन कला साहित्यका अन्य विधा सरह चलचित्रको महत्व बुझाउन सम्मेलनले मदत पु¥याउने दाबी आयोजकले गरेको छ।

 

प्रकाशित: १६ भाद्र २०७६ ०६:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App