coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

तीज नृत्य प्रतियोगितामा एभरेस्ट उत्कृष्ट

म्याग्दी – हरितालिका तीजको अवसरमा म्याग्दी बहुमुखी क्याम्पस र स्ववियुले आयोजना गरेको अन्तरमाविस्तरीय तेस्रो तीज नृत्य प्रतियोगितामा माउन्ट एभरेस्ट आवासीय माध्यमिक विद्यालय उत्कृष्ट भएको छ । आइतबार म्याग्दीमा आयोजित प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पस दोस्रो र प्रकाश मावि तेस्रो घोषित भएका थिए ।

कार्यक्रममा बोल्दै म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुवेदीले क्याम्पसले शैक्षिकसहित विभिन्न रचनात्मक क्रियाकलाप सञ्चालन गर्दै आएको बताए । प्रतियोगितामा विभिन्न आठ विद्यालयहरूले सहभागिता जनाएका थिए ।

प्रकाशित: १६ भाद्र २०७६ ०५:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App