८ वैशाख २०८१ शनिबार
कला

अविरल यात्रामा जयन्ता, एक दर्जन कविताका साथ कवि पोखरेल

काठमाडौं - जनसाहित्य यात्राको ६० औँ शृङ्खलामा सशक्त प्रगतिवादी कवि जयन्ता पोखरेलका एक दर्जन कविता सुनाएकी छिन्। जनसांस्कृतिक महासङ्घको सभाकक्ष बागबजारमा जनसांस्कृतिक महासङ्घको व्यवस्थापन र जनसाहित्यिक मञ्च, नेपालको आयोजनामा उनले आफ्ना केही सहयोगी कविहरुका साथ एक दर्जन कविता सुनाएकी हुन। कवि पोखरेलले सरी ल’, ‘निर्मली’, ‘खबर’, ‘प्रमिथस र पानी’, ‘अखबार’ र ‘म, आमा र छोरा’ शीर्षकका छ ओटा कविता वाचन गरेकी थिइन।  

सहयोगी कविहरू घायल योद्धा नवराजले ‘विश्वासका कोसेलीहरू’ शीर्षकको, अनिल पौडेलले ‘भुइँ कुहिरो’ शीर्षकको, डा.फणीन्द्रराज निरौलाले ‘अनुत्तरित प्रश्न’ शीर्षकको, सुमी लोहनीले ‘सुन्दरी र कविता’ शीर्षकको, हरि भण्डारीले ‘बृद्धाघर र आमा’ शीर्षकको र पम्फा भट्टराईले ‘रेमिट्यान्सको कथाबाट’ शीर्षकका कविता वाचन गरेका थिए।  

कार्यक्रममा जनसाहित्यिक मञ्च, नेपालकी उपाध्यक्ष नर्मदेश्वरी सत्यालको प्राज्ञ डा.रजनी ढकाल देबु लुइटेलको सांस्कृतिक संस्थानका पूर्व महाप्रबन्धक राजेश थापा, वरिष्ठ साहित्यकार डम्बर पहाडी, जनसाहित्यिक मञ्च, नेपालका अध्यक्ष राम विनय, जनगायक एवम् प्राज्ञ श्याम तमोट, प्रा.डा.सुधन पौडेल, वरिष्ठ कवि वासुदेव अधिकारी, लक्ष्मण रायमाझी, स्नेह सायमी, मञ्चको काव्य विभागकी संयोजक डा.विन्दु शर्मा, तारा गाउँले लगायतले कविका कविता बारे चर्चा गरेका थिए।

 

प्रकाशित: १६ भाद्र २०७६ ०४:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App