७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

भारत र पाकिस्तानबीच युद्ध भए भयावह हुनेछः इमरान खान

काठमाडौं– पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारत र पाकिस्तानबीच युद्ध भए भयावह स्थिती सिर्जना हुने चेतावनी दिएका छन्। 

‘५६ औं कन्भेन्सन अफ इस्लामिक सोसाइटी अफ नर्थ अमेरिका (आईएसएनए)लाई सम्बोधन गर्दै प्रधानमन्त्री खानले दुई आणविक शक्ति मुलुकबीच युद्धको अवस्था सिर्जना भए त्यो भयावह हुने बताए। 

भारतले कश्मीर लिएको नयाँ कदमको विरोध गर्दै खानले यो मुद्दामा अन्तर्राष्ट्रिय समुदायले हेर्नुपर्नेमा जोड दिए। 

‘यदि दुई परमाणु शक्ति सम्पन्न देशबीच युद्ध भयो भने यो सानो युद्ध हुने छैन। मैले मुस्लिम देशका शासकसँग कुराकानी गरेका छु। मलाई थाहा छ कि भारतमा केही मानिसहरु अझै पनि नेहरु र गान्धीको विचारधारमा विश्वास गर्छन्। तर मोदी प्रधानमन्त्री बनेपछि स्थिती बदलिएको छ। मलाई आशा छ कि अन्तर्राष्ट्रिय समुदायले कश्मीरलाई लिएर आफ्नो भूमिका निर्वाह गर्नेछन्।’

प्रधानमन्त्री खानले धर्म र आतंकवादबीच कुनै सम्बन्ध नहुने पनि बताए। इस्लाम धर्मले शान्ति सिकाउने भन्दै उनले कुनै एक व्यक्तिको अपराधका लागि पुरै समुदायलाई बदनाम गर्न नहुने जिकिर गरे। 

प्रकाशित: १६ भाद्र २०७६ ०३:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App