coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जुवातास खेल्ने चार जना पक्राउ

भक्तपुर– प्रहरीले भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नं ८ बोडेस्थित सोम मगरको घरमा तास खेलिरहेका चार जनालाई पक्राउ गरेको छ। 

महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरबाट खटिएको प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा नगद ३४ हजार पाँच सय पचहत्तर रुपैयाँ, तीन बुक तास र तास खेल्न प्रयोग गरिने बिभिन्न सामानहरुसहित उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। 

महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरमा राखी उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा र नैतिकता बिरुद्धको कसुरमा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको परिसरका सूचना अधिकृत रेवतीरमण पोखरेलले जानकारी दिए। 

दुर्लभ सालकको उद्धार

भक्तपुरको सूर्यबिनायक नगरपालिका १ सिरुटारमा सडक छेउमा फेला परेको सालक प्रहरीले उदार गरेको छ। उद्धार गरी आइतबार जनप्रतिनिधि, वन कार्यालयका कर्मचारी र स्थानीय ब्यक्तिहरुको रोहबरमा स्थानीय जंगलको प्राकृतिक बासस्थानमा छोडिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।  

प्रकाशित: १५ भाद्र २०७६ १५:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App