coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

प्रसिद्ध उपन्यासकार शोभा डे काठमाडौंमा

प्रसिद्ध भारतीय उपन्यासकार शाेभा डे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा। तस्बिर: विजय गजमेर

काठमाडौं—प्रसिद्ध भारतीय उपन्यासकार तथा कोलमिष्ट शोभा डे काठमाडौं आइपुगेकी छिन्। नेपाल रिपब्लिक मिडियाले भोलि बिहीबार आयोजना गर्ने मिडिया एन्ड एन्टरपेनरसीप कन्भेन्सनमा सहभागी हुन उनी काठमाडौं आएकी हुन्। एक दर्जनभन्दा बढी पुस्तककी लेखिका उनीसँग हुने सत्रलाई सुरिध ज्योतिले मोडरेट गर्नेछन्।

मिडिया उद्योगका चुनौती र सम्भावनाबारे बहस हुने  सो कन्भेन्सनमा भारतको भिजुम इन्डियाका प्रबन्ध निर्देशक श्रीपद कुलकर्नी, आइटिभी मिडिया नेटवर्ककका संस्थापक सञ्चालक कार्तिकेय शर्मा, बिजनेस वल्र्डका अध्यक्ष तथा प्रधान सम्पादक अनुराग बत्रा पनि प्यानलिष्ट छन्। राजधानीको होटल सोल्टीमा हुने सो कन्भेन्सनको नागरिकन्युज तथा माइरिपब्लिका डट कमका सोसल मिडिया च्यानलले लाइभ अपडेट गर्नेछन्।

 

प्रकाशित: १ मंसिर २०७३ ०८:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App