coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

आरोप पुष्टि भए महासंघको अध्यक्षबाट तत्काल राजीनामा दिन्छुः आचार्य

काठमाडौं– नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले ठूला मिडिया हाउसका मालिकसँग मिलेर श्रमजीवि पत्रकारहरुको न्यूनतम पारिश्रमिक दिलाउन पहल नगरेको भन्ने आरोपको खण्डन गरेका छन्। सभापति आचार्यले ठूला मिडिया हाउसका मालिकसँग मिलेर श्रमजीवि पत्रकारहरुको न्यूनतम पारिश्रमिक दिलाउन पहल नगरेको भन्ने आरोप पुष्टि भए आफूले तत्काल पदबाट राजीनामा दिने चेतावनी पनि दिए।

उनले श्रमजीवि पत्रकारहरुको न्यूनतम पारिश्रमिक दिलाउन महासंघले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको दावी पनि गरे। आइतबार काठमाडौंमा आयोजित श्रमजीवि पत्रकारहरुको न्यूनतम पारिश्रमिक कार्यान्वयनको समस्याः समाधानका उपायहरु’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति आचार्यले न्यूनतम पारिश्रमिक दिलाउन ३९५ जना श्रमजीवि पत्रकारहरुले महासंघका निवेदन दिएकोमा ३५० जनाको सो माग पूरा गराउन महासंघ सफल भएको पनि बताए।

सभापति आचार्यले महासंघले पत्रकारहरुको हितको लागि ठूला मिडिया हाउसका मालिकसँग आन्दोलन गरिरहेको दावी पनि गरे। तर त्यस्ता आन्दोलनमा महासंघकै विभिन्न शाखाहरु समेत सहभागी नभएकोमा उनको गुनासो छ।

प्रकाशित: १५ भाद्र २०७६ १३:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App