७ वैशाख २०८१ शुक्रबार
अर्थ

इन्द्रजात्राका लागि काठमाडौं महानगरद्वारा १० लाखको चेक हस्तान्तरण

फाइल फोटाे

काठमाडाैं- काठमाडौं महानगरपालिकाले इन्द्रजात्राका लागि १० लाख अनुदान सहायता उपलब्ध गराएको छ। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आईतबार काठमाडौंमा एक कार्यक्रमकाबीच इन्द्रजात्रा व्यवस्थापन समितिलाई इन्द्रजात्राको खर्चका लागि १० लाखको चेक हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा काठमाडौं महानगरपालिकाले पूर्वकुमारीलाई मासिक १५ हजारका दरले बार्षिक पद भत्ता पनि वितरण गरेको छ। त्यसैगरी पूर्व गणेशलाई मासिक १२ हजार, पूर्व भैरवलाई मासिक १२ हजारकै दरले वार्षिक पद भत्ता पनि मेयर शाक्यले हस्तारण गरे। त्यस अवसरमा मेयर शाक्यले इन्द्रजात्राको व्यवस्थापनका लागि आवश्यक अन्य खर्च पनि उपलब्ध गराउन आफूहरु तयार रहेको स्पष्ट पारे।

काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षबाट कुमारीलाई ५० हजार मासिक पद भत्ता वितरण गर्ने निर्णय पनि गरिसकेको छ।

प्रकाशित: १५ भाद्र २०७६ १३:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App