८ वैशाख २०८१ शनिबार
समाज

दुर्घटनामा परी एक जनाको मृत्यु ३ जना घाइते

तनहुँ – आइतबार छुट्टाछुट्टै तीन ठाउँमा भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। दिउसो जिल्लाको भिमाद नगरपालिका–७ बैदारेचौतारमा ट्याक्टरले पैदलयात्री १० वर्षीय युनिक विकलाई ठक्कर दिएको हो। ठक्कर पछि विकलाई स्थानीय स्थास्थ्य चौकीमा उपचारको लागि लिएको र उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

ठक्कर दिने  लु ४ त १४५० नम्बरको ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। यस्तै जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा पनि स्कूटर र मोटरसाइकलले ठोकिदा दुई जना घाइते भएको र शुक्लागण्डकी–५ गल्छिनमा काठमाडौँ तर्फ जाँदै गरेको ग १ ख २९७० नम्बरको माइक्रोको ब्रेक फेल भई दुर्घटना हुदा माइक्रो चालक घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

 

प्रकाशित: १५ भाद्र २०७६ १२:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App