१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

गाउँको बिद्यालयमा करोड लागतमा इ–लाइब्रेरी स्थापना

पर्वत–गाउँको एक विद्यालयमा करोडको लागतमा विद्युतीय पुस्तकालय (इ–लाइब्रेरी) स्थापना गरिएको छ। शिक्षा कार्यालय, संसद विकास कोष, एनआरएन युरोप संयोजक कुल आचार्य र स्थानीयको सहयोगमा धाइरिङको कृष्णभवन उच्चमाविमा विद्युतीय पुस्तकालय स्थापना गरिएको हो।

पुस्तकालयको सांसद अर्जुनप्रसाद जोशीले उद्घाटन गरे। उनले ग्रामिण भेगमा करोड लागतमा स्थापना भएको यो पुस्तकालय जिल्लाकै पहिलो भएकोले शैक्षिक गुणस्तरमासमेत पहिलो बनाउन सांसद जोशीले शुभकामना दिए।

पुस्तकालय स्थापनामा भवन निर्माणका लागि शिक्षा कार्यालयले झण्डै ३८ लाख रुपैयाँ र स्थानीय गाविसले चार लाख रुपैयाँ सहयोग गरेको ब्यवस्थापन समिति अध्यक्ष राजु आचार्यले जानकारी दिए । अन्य रकम सांसद अर्जुनप्रसाद जोशीको संसद विकास कोष, गैरआवासीय नेपाली संघका युरोप संयोजक कुल आचार्य र स्थानीयले संकलन गरेका हुन।
आचार्यको पहलमा विद्यालयमा २१ वटा कम्प्युटरको व्यवस्था गरिएको छ। विद्यालयमा सुविधासम्पन्न भवनसहित विद्युतीय पुस्तकालय स्थापना भएपछि बिद्यार्थी, अभिभावक र शिक्षकले खुशी ब्यक्त गरेका छन्।

अन्यत्रको तुलनामा गाउँको विद्यालयमासमेत अनेक सुविधाले शैक्षिक गुणस्तर ल्याउन सघाउने प्रधानाध्यापक इन्द्रप्रसाद आचार्यले बताए । उक्त बिद्यालयमा अहिले तीन सय भन्दा बढी बिद्यार्थी अध्ययनरत छन् ।

‘आफुले सानो छदा पढेको गाउँको बिद्यालयमा अत्याधुनिक इ–लाइब्रेरीको स्थापना भएको देख्न पाउँदा निकै गर्भ लागेको छ’, कुल आचार्यले भने। धाइरिङ आचार्यको पुख्र्यौली गाउँ हो । उनले सोही विद्यालयमा अध्ययन गरी उच्च शिक्षाका लागि बाहिर गएका हुन । उक्त विद्यालयमा यसअघि पनि उनले सहयोग गर्दै आएका थिए ।
पुस्तकालयको उद्घाटनका लागि कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेललाई ल्याउन आचार्यले काठमाडौबाट हेलिकप्टर बुकिङ गरेपनि अन्तिममा पौडेल समय नमिलेको भन्दै आएनन् ।  
 

प्रकाशित: १ मंसिर २०७३ ०७:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App