८ वैशाख २०८१ शनिबार
कला

मोती जयन्तीमा सात स्रष्टा सम्मानित

भैरहवा– मोती जयन्तीको अवसरमा भैरहवामा स्रष्टा सम्मान गरिएको छ। नेपाली आँशुकवि मोतीराम भट्टको १५४ औं जन्मजयन्तीको अवसरमा भैरहवामा ७ जना स्रष्टा सम्मानित गरिएको हो।

भट्टको व्यक्तित्व तथा कृतित्वमाथि विश्लेषण गर्दै सिर्जनशील साहित्यिक समाज (सिसास) रुपन्देहीले सिर्जनशील मोती स्रष्टा सम्मान २०७६ बाट भारतको बहराइचका उर्दू गजलकार शारीक रब्बानी, नवलपरासीका गजल गायक शुसील कुमार श्रेष्ठ, गुल्मीका स्रष्टा अनिस थापा, देवदहका गजलकार शुसील सापकोटा, भैरहवाका गजलकार सरु ज्ञवाली, भैरहवाका गायक सुमित पौडेल र अर्घाखाँचीका स्रष्टा रामराज गौतमलाई सम्मान गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि नेपालगंजका अग्रज उर्दु गजलकार तथा एक दशक मध्य पश्चिमाञ्चल गजल प्रतिष्ठानका अध्यक्ष समेत रहेका अब्दुल लतिफ शौकले गजलले धेरैलाई साहित्यमा जोड्न सक्ने अनौठो शक्ति भएको बताए। शौकले साहित्यले समाज जोड्ने काम गर्ने हुँदा साहित्यकारले सिर्जना गरेका रचना कालजयि हुने बताए। कार्यक्रमका बिशिष्ठ अतिथि प्राज्ञ बूँद रानाले साहित्यले देश देशका बिचमा जोड्ने पुलको काम गर्ने बताए।

सिसासको १८९ आँै नियमित मासिक संगम तथा गजल सागर नेपालको मासिक श्रीङ्खलामा साहित्यकारहरु रुद्र ज्ञवाली, माधव प्रसाद पन्थी, गजल सागर नेपालका अध्यक्ष मीन राना, सिद्धार्थ साहित्य परिषदका सचिव लक्ष्मी अधिकारी, देवी प्रसाद न्यौपाने लगायतले रचना वाचन गरेका थिए।

२०६० सालमा स्थापित समाजले प्रत्येक महिनाको तेस्रो शनिबार रचना बाचन कार्यक्रम तथा मोती जयन्ती कार्यक्रम निरन्तर गर्दै आइरहेको यस वर्ष पनि उनको जिवनी माथि प्रकाश पारेका थिए भने सिसासका सचिव कमल पोख्रेलले सम्मानीत स्रष्टाको साहित्यिक योगदान प्रकाश पारेका थिए।

प्रकाशित: १५ भाद्र २०७६ ११:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App