८ वैशाख २०८१ शनिबार
समाज

अवैध मालसमान तस्करी गर्ने तीन जना पक्राउ

सिमावर्ती चोर नाकाबाट भन्सार छलेर भित्रिएको अवैध सामानहरु इशनाथ नपाबाट नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि भन्सार कार्यालय गौरमा बुझाइँदै ।

रौतहट– सिमावर्ती भारतीय बजारबाट अवैध रुपमा तस्करीको मालसमान नेपालतर्फ भित्र्याउँदै गरेको अवस्थामा रौतहट प्रहरीले लाखौं मूल्य बराबरको अवैध मालसमान सहित तीन जनालाई नियन्त्रणमा लिएको छ।    

भारतसंग जोडिएको रौतहट जिल्लाको विभिन्न नाकाबाट राजश्व छलेर अवैध रुपमा भित्र्याइएका किराना समान, मरिच, लत्ताकपडा र केराउको दाना लगायतका करिव साढे २३ लाख मूल्य बराबरको अवैध मालसामान सहित तीन कारोबारीलाई रौतहट प्रहरीले नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडि बढाएको छ।

जिल्ला प्रहरी कार्यालयले जनाएअनुसार इशनाथ नगरपालिकाको औरैया, बन्जरहा, मठिया, रामपुर खाप लगायतका नाकाबाट डिउटीमा खटिएका प्रहरीको आँखा छलेर किराना समान, कपडा लत्ता र केराउ भित्र्याउँदै गरेको विशेष सूचनाको आधारमा शनिवार जिल्लाको विभिन्न स्थानबाट करिब साढे २३ लाख मूल्य बराबरको माल समानसँगै एक भारतीयसहित तीन जना तस्करलाई नियन्त्रणमा लिन सफल भएको हो।

हिन्दूहरुको महानपर्व दशै नजिकिँदै गएको अवस्थामा ग्रामिण भेगका नाकाबाट कारोवारीहरुले भन्सार छलेर चोरी निकासी, पैठारी कार्य गर्न हौसिएपछि रौतहट प्रहरीले नियन्त्रण गर्ने अभियान नै सञ्चालन गरेपछि धमाधम तस्करी गर्ने मालसमान सहित कारोवारीहरु पक्राउ परिरहेका छन्।  

ईशनथ नगरपालिका ६ मठियास्थित नेपाल/भारत सीमाक्षेत्रको दशगजा भएर अन टेष्ट नम्बरको पिकअप बोलेरो जिपमा कालो मरिच १० बोरा, हरियो मटर ४७ बोरा, छाहडा ३ बोरा लगायतका मालसमान ल्याउँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय गौरबाट खटिएको विशेष टोलीले तस्करी कार्यको लागि मोटरसाइकलबाट स्कर्टिङ्ग गर्ने विआर ५एपी ४३३६ नम्बरको मोटरसाइकलसहित तस्करीमा संलग्न ईशनाथ नपा ७ का बिरेन्द्र साह, भारत बिहार जिल्ला मोतिहारी ग्राम पंचायत शिसवाका भागरित साह र बिरगंज महानगरपालिका १४ का आदित्य नारायण साहलाई नियन्त्रणमा लिएको रौतहट प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले बताए।

बरामद गरिएका मालसामान, बोलेरो पिकअप, मोटरसाइकलसहितको साढे २३ लाख मूल्यांकन गरेर पक्राउ परेका तिनै जना तस्करलाई गौर भन्सार कार्यालयमा कारवाहीका लागि बुझाइएको तथा दशै तिहारको लागि भन्सार छलेर चोर नाकाहरुबाट अवैध रुपमा भित्र्याउने तस्करमाथि प्रहरीले कडा निगरानी राखेर सामानहरु बरामद गर्ने कार्य गरिरहेको एसपी खत्रीले बताए।  

प्रकाशित: १५ भाद्र २०७६ ११:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App