डेङ्गु रोग स्वास्थ्य मन्त्रालय मात्र नियन्त्रण गर्न नसक्ने : राज्यमन्त्री यादव

आइतबार, १५ भदौ २०७६, १६ : ३५ नागरिक

काठमाडौँ – पछिल्लो समय देशका ४५ भन्दा बढी जिल्लामा देखापरेको डेङ्गु रोग नियन्त्रण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो एकल प्रयासले नसक्ने जनाएको छ।अघिल्लो आर्थिक वर्षमा ३ हजार ८ सय ३४ जनामा देखिएको डेङ्गु रोगको सङ्क्रमण यसवर्षको एक महिना १२ दिनमा एक हजार ५ सय ३७ जना देखिएको प्रमाणित भएको छ। एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सो रोग सङ्क्रमण हुने गरेको छ।

दश हजारमध्ये एक हजारमा मात्र रोगको लक्षण देखा पर्छ। पछिल्लो समय देशका अधिकाशं ठूला शहरमा सो रोग देखापरिसकेको छ। सबैभन्दा स्वच्छ र सफा मानिने पोखरा लेखनाथ महानगरपालिमा मात्र अहिलेसम्म ३ सय १५ जना सङ्क्रमित बिरामी भेटिएका छन्।

प्रतिनिधिसभा, शिक्षा र स्वास्थ्य समितिको आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्र यादवले भने, मन्त्रालयको एकल प्रयासले मात्र डेङ्गु नियन्त्रण सम्भव छैन, अन्य मन्त्रालय, सरोकार निकाय तथा आम जनताको साथ र सहयोग आवश्यक पर्छ। अन्य निकायको साथ र सहयोग मन्त्रालयले नपाउने हो भने डेङ्गु सङ्क्रमण झन् भयावह हुन सक्छ।”उनले ‘नयाँ भवन निर्माण कार्य तीव्र अवस्थामा रहेको छ, यो कार्य कसले रोक्छ ? भन्ने प्रश्न गर्दै निर्माण कार्यस्थलमा पानी जम्ने गरेका छ, पानी जमेको स्थानमा लामखुट्टेको लार्भा बसेको हुने बताए।

राज्यमन्त्री डा यादवले तराईबाट पहाड र हिमाल उकलिदै गरेका लामखुट्टेलाई मन्त्रालयले मात्र रोक्न नसक्ने चर्चा गर्दै मन्त्रालयले कर्मचारी र बजेट अभावले प्रभावकारी कार्य सम्पादन गर्न नसकेको गुनासोसमेत सुनाए। साथै उनले भने “छिटो छिटो सचिव परिवर्तन भइरहन्छ, सचिव त परिवर्तन भयो भयो, सहसचिव पनि परिवर्तन हुन थाल्यो, खै काम कसरी सम्पादन गर्नु ?

मन्त्रालयको हालै मात्र सचिव पदमा सरुवा भई जानुभएका खगराज बरालले डेङ्गु नियन्त्रणमा सामूहिक प्रयासको खाँचो औँल्याउँदै स्थानीयस्तरमा ‘लामखुट्टे खोज र नष्ट गर’ भन्ने कार्यक्रमलाई प्रभावकारी बनाउन जरुरी रहेको बताए। मन्त्रालयका सहसचिव दीपेन्द्ररमण सिंहले लामखुट्टे नियन्त्रण कार्य घरघरबाट शुरु गर्नुपर्ने भन्दै डेङ्गुको लार्भा देखिने घरलाई दण्डसजायको दायराभित्र ल्याउने खालको कानूनी संयन्त्र आवश्यक रहेकामा जोड दिए।

मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा विवेककुमार लाल र विज्ञ डा घनश्याम पोखरेलले पछिल्लो समय हावाजस्तै डेङ्गु फैलिएको चर्चा गर्दै रोग नियन्त्रण गर्न आर्थिक अभाव रहेको सुनाए।महाशाखाका अनुसार ७ प्रदेशमा करीब ८७ लाख ९० हजारको दरले रकम विनियोजन गरेको छ। विगत ३ वर्षमा डेङ्गु देखिएका स्थानका आधारमा महाशाखाले नयाँ सम्भावित स्थानमा रोग नियन्त्रणका कार्यक्रम बनाउँछ।

महाशाखाले अनुमान गरे भन्दा फरक स्थानमा रोग देखिँदा नियन्त्रण गर्न आर्थिक स्रोतको अभाव रहेको महाशाखाले जनाएको छ। गत वर्ष ८५ स्थानीय तहमा सो रोग देखापरेको थियो। तर सुनसरीमा फैलिएको सो रोगको पूर्वानुमान मन्त्रालयले गरेकै थिएन्। बैठकमा समितिका सदस्य मानबहादुर विश्वकर्माले डेङ्गु नियन्त्रण गर्न मन्त्रालय गम्भीर बन्न नसकेको भन्दै नियन्त्रण गर्न पहिलो प्राथमिकता दिन सुझाव दिए।

समिति सदस्य जीवनराम श्रेष्ठले डेङ्गुको सङ्क्रमितलाई ‘स्क्रिनिङ’ गरी छुट्टै स्थानमा राख्न र बजेटको अभाव हुन दिनुहुँदैन भने। अर्का सदस्यद्वय उमेश श्रेष्ठ र हितबहादुर तामाङले विद्यालयका पाठ्यक्रममा डेङ्गु रोग हुन नदिने उपायका बारेमा समावेश गर्न सुझाव दिए।

समिति सदस्यद्वय चित्रलेखा यादव र अञ्जना विशङ्खेले डेङ्गु नियन्त्रण गर्न जनचेतनाका कार्यक्रम अभियानका रूपमा सञ्चालन गनुपर्ने बताए। साथै समितिका सदस्य गजेन्द्र महतले अविकसित स्थानमा डेङ्गुको लामखुट्टे हुँदैन भनेर कार्यक्रम नै नबनाउने प्रवृत्तिका कारण डेङ्गु फैलिएको दाबी गरे।    समितिका सभापति जयपुरी घर्तीले डेङ्गु नियन्त्रण गर्न अल्पकालीन तथा दीर्घकालीन योजना बनाई तत्काल कार्यान्वयनमा ल्याउन मन्त्रालयलाई निर्देश आग्रह गर्नु भयो ।रासस








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेले आफ्ना ल्यापटपहरूमा लिनक्सको विशेष वितरण अर्थात् लिनसक डिपिन इन्स्टल गर्ने भएको छ ...

Ncell Footer Ad