७ वैशाख २०८१ शुक्रबार
शिक्षा

विद्यार्थीको रोजाइ होटेल व्यवस्थापन

आजकल विद्यार्थीहरूमा कक्षा ११ र १२ पढाई सकेका हुंदैनन् घर परिवार, साथीभाइ, इष्टमित्र सवै तिर अब कहाँ पढन जाने भनेर सोध्न र सोच्न थालन्छन् । विदेश नै गएर पढ्ने त भनाइ त सामान्य नै भइसक्यो । 

विदेश गएर पढ्ने मोह सँगसँगै काम गर्दै पढ्न मिल्ने र आफैं होटल सञ्चालन गरेर राम्रो कमाइ गर्न सकिने भएकाले पछिल्लोसमय धेरैजसो विद्यार्थीको रोजाइमा परेको हो होटल म्यानेजमेन्ट(बिएचएम) । होटलमा काम गर्ने जनशक्ति नभएर ठूला–ठूला होटल तथा रेस्टुरेन्टमा भारतबाट ल्याउनुपर्ने अवस्था देखेर होटल म्यानेजमेन्टको पढाइलाई विशेष प्राथमिकता दिएको लिर्वटी कलेजका कार्यक्रम निर्देशक प्रभीक जोशी बताउँछन् । 

विषय छनोट गर्ने दुई पक्रिया छन् । पढेर दक्ष बन्ने वा पढाईसँगै कामगरेर पैसा कमाउने । अहिले अवस्थामा पैसा कमाउन सकिनेतिर विद्यार्थी केन्द्रित भएका छन् । पिएचडी गरेर वा स्नात्तोकोत्तर गरेर मात्र नभएर सीप नै आवश्यकता पर्ने भएर विद्यार्थी रोजाइमा प्रोगात्मक शिक्षा पर्न थालेको छ । ज्ञान सँगसँगै सीप र क्षमता पनि पाइने भएर व्यावहारिक शिक्षातिर विद्यार्थी बढेका छन् । 

‘होटल क्षेत्रमा दक्ष जनशक्तिको विकास गर्न र स्तरोन्नति गर्न लागिपरेका छौं,’ प्रभिकले भने, ‘प्रोगात्मक शिक्षा अहिलेको आवश्यकता भएकाले यसैमा जोड दिएर विद्यार्थीको क्षमता विकासमा ध्यान दिन्छौं ।’

‘पढाइसँगै कमाउन पनि सकिने विषय भएकाले पनि विद्यार्थीको आर्कषण बढेको लिर्वटी कलेजमा अध्ययनरत छात्र अभय शर्मा बताउँछन् । ‘बिजनेस तथा हस्पिटालिटी म्यानेजमेन्ट क्षेत्रमा राम्रो अवसर मात्रै छैन यसले आफूलाई नै केही गर्न सक्नेगरी सक्षम बनाउँछ,’ अभय भन्छन्, ‘साथसाथै विदेशमा गएर साताैं र आठौं सेमेस्टर पूरा गर्ने भएकाले बाहिरी ज्ञान पनि लिन सकिन्छ ।’ ग्लासिएर इन्टरनेसनेलबाट प्लस टु गरेका शर्माले बर्दियाबाट विदेशसम्मको यात्रा तग गर्नले धेरै कुरा ज्ञान पाएको बताउँछन् । 

होटल म्यानेजमेन्टमा चारवटा डिपार्टमेन्ट छ । फ्रन्ट अफिस, हाउस किपिङ, फुड वेभरेज र फुड प्रोडक्सन । साथसाथै अहिले होटल म्यानेजमेन्ट पढेका विद्यार्थीबाटै म्यानेजर तथा आफैं व्यवसाय पनि गर्न सक्छन् । विद्यार्थीले चाहनाअनुसारको विषय आफैं रोजेर पढ्न सक्छन् । 

होटल म्यानेजमेन्टलाई भात पकाउने वा भान्सेको रूपमा लिने सोच बद्ल्नुपर्ने देखिन्छ । ‘हस्पिटालिटीक्षेत्रमा ‘कुलिनरी आर्ट’ (परिकार बनाउने), सेवा दिने, कसरी व्यावस्थापन गर्ने, कसरी खाने, कसरी बनाउने जस्ता सबै पढाइ हुन्छ भन्ने कुरा विद्यार्थीमार्फत देखाउन ‘टाइमिङ विथ प्यारेन्ट’सुरू गरेका छौं,’प्रभिकले भने, ‘शिक्षक तथा सहपाठी मात्र नभएर अभिभावकलाई पनि अनिवार्य परिकार बनाएर खुवाउनु पर्नेछ, यसले सम्बन्ध र आफ्नो सन्तानको क्षमता थाहा पाउन मद्दत गर्छ ।’

‘भर्खरै नेपालको नम्बर वान भन्ने अवार्ड पाप्त गरेका छौं,’ एसिएन इन्सिच्युट अफ टेक्नोलोजी एन्ड म्यानेजमेन्ट (एआइटिएम स्कुल अफ होटल म्यानेजमेन्ट) का निर्देशक वसन्त जोशीले भने, ‘प्रयोगात्मक शिक्षालाई जोड दिँदै गुणस्तरीय ल्याब बनाएका छौं ।’ विद्यार्थीहरू पास आउट भइसकेपछि राजगारीको सुविधा पनि छ । जहाँ विद्यार्थीले दिएको बायोडाटा अनुसार रोजगारीको व्यवस्था गर्ने गरिएको उनको भनाइ छ । 

‘होटल म्यानेजमेन्ट पढ्नुको मुख्य कारण नै तुरुन्त रोजगार पाइनु हो ।’गोरखा घर भएकी छात्रा युनिशा भट्ट भन्छिन्, ‘अहिलेको अवस्थामा होटमा कार्यरत पढेर होइन कि लामो समय काम गरेर सिकेका छन्, उनीहरूसँग व्यवस्थापनको सौद्धान्तिक ज्ञान हुँदैन । यसले गर्दा ठूला–ठूला होटल तथा रेस्टुरेन्टले बिएचएम पढेको नै खोज्छ ।’

‘पर्यटकीय विकासका लागि होटल तथा होमेस्टतिर लगानी बढ्दै गएको छ । जसमा हामीहरूका लागि राम्रो अवसर छ,’ भट्टले थपिन्, ‘विदेश जान चाहनेले पनि होटल म्यानेजमेन्ट पढेमा राम्रो अवसरका साथसाथै पारिश्रमिक पाउँछन् ।’एकपटक लगानी गरेर राम्रो आम्दानी गर्न सकिने भएकाले पनि यसमा आर्कषण बढेको छ । 

नेपालको विश्वविद्यालयकै शुल्कमा अन्तर्राष्ट्रियस्तरको पढाइ हुने कलेज विद्यार्थीको रोजाइमा पर्दछन् । पढ्ने कुरामा भन्दा पनि पढ्ने शैली सिकाउनु कलेजको मुख्य जिम्मेवारी हुनुपर्छ । कलेजबाट पास आउट भएका विद्यार्थी अहिले सामाजिक तथा आर्थिकस्तरअनुसार जुध्न सक्ने हुनुपर्नेमा जोड दिएको कलेज सञ्चालक बताउँछन् ।

प्रकाशित: १५ भाद्र २०७६ ०९:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App