जाजरकोटमा पहिरोले घर भत्काउँदा एकै परिवारका ३ जनाको मृत्यु

आइतबार, १५ भदौ २०७६, १५ : ०७ जनक केसी

जाजरकोट– भेरी नगरपलिका २ तिमिलेमा गएरातीको अबिरल बर्षाका कारण घर भत्किँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ।

पहिरोमा परी ३२ बर्षीया पार्वती ओली, ९ वर्षीया छोरी मोतिकला ओली र ३ वर्षीया छोरी धनसराको मृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख डिएसपी श्यामबहादुर खत्रीले जानकारी दिए। 

राती सुतिरहेको अबस्थामा १२ बजेतिर पहिरोले घर भत्किएको उनले बताए। सोही स्थानमा अर्को घर भत्किँदा स्थानीय दलबहादुर ओली सामन्य घाइते भएको प्रहरीले जनाएको छ।

पहिरोले घर पुरिएर मृत्यु भएकालाई स्थानीय र प्रहरीले बाहिर निकाल्ने काम गरिरहेको र अन्य अबस्था र उद्धारको कार्यका लागि जिल्ला प्रहरी कार्यालयको एक टोली घटनास्थलतर्फ गैसकेको प्रहरी प्रमुख खत्रीले बताए। घटनास्थल सदरमुकाम खलंगादेखि ३ घन्टाको पैदल दुरीमा रहेको छ। पहिरोको अन्य क्षतिबारे थप जानकारी आइसकेको छैन।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्स प्रा. लि.ले हालै वाफ़र रोल्स अन्तर्गत चोकोफन रोल्स बजारमा ल्याएको छ। ...

साताभरीमा ३३ बिन्दुको गिरावट

साताभरीमा ३३ बिन्दुको गिरावट

पुँजीबजार विकासका लागि आवश्यक पूर्वाधारले फड्को मारे पनि बजार भने निरन्तर घट्दै गएको छ । ...

सुन्धारा क्लिनिक सञ्चालनमा

सुन्धारा क्लिनिक सञ्चालनमा

काठमाडौंको सुन्धारास्थित सुन्धारा क्लिनिक प्रालिले शनिबारदेखि औपचारिक रुपमा स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । ...

खोकनामा नेपाल बंगलादेश बैंक

खोकनामा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । ...

बल्खुमा इसुजु सोरुम

बल्खुमा इसुजु सोरुम

राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम खुलेको छ । ...

फर्नेक्स २०१९ मा घुइँचो

फर्नेक्स २०१९ मा घुइँचो

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । ...

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्द एयरलाईन्सले थप एक ATR-72 जहाज भित्र्याएको छ। ...

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनी ट्रान्सफर तथा भुक्तानी सेवा प्रदायक कम्पनी मनिग्रामले २४ जनालाई पुरस्कार वितरण गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गरी...

Ncell Footer Ad