coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

विकासको मूल फुटेको छ : मन्त्री विश्वकर्मा

कास्की – युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले तीनै तहका सरकारबीच विकास निर्माणका कार्यमा आपसी सहकार्य र समन्वय भइरहेको जानकारी दिए। पोखरा महानगरपालिका–१९ घार्मीमा लामाचौर स्वास्थ्य चौकी भवनको शिलान्यास कार्यक्रममा आज उहाँले देशमा सडक, खानेपानी, विद्यालय, स्वास्थ्य चौकी लगायत विकासका पूर्वाधारले प्राथमिकतामा रहेको बताए।

जनप्रतिनिधि निर्वाचित भएर आएपछि संघ, प्रदेश र स्थानीय सरकार बीचको सहकार्यबाट गाउँगाउँमा विकास निर्माणले तीव्रता पाएको बताउँदै मन्त्री विश्वकर्माले भने।“तीन तहका सरकार बीचको सहकार्यबाट गाउँगाउँमा विकासको मूल फुटेको दाबी गरे।

विगतमा शारीरिक परिश्रमबाट व्यायाम प्राप्त भए पनि पछिल्लो समय त्यसो हुन नसक्दा मधुमेह, उच्च रक्तचापलगायत समस्याका बिरामीहरुको सङ्ख्या बढेकाले बिहान–बेलुका खेलकूदमा ध्यान दिनुपर्ने मन्त्री विश्वकर्माले बताए। उहाँले विकास निर्माणका कार्य गुणस्तरीय हिसाबले निर्धारित समयमै सम्पन्न गर्न निर्माण कम्पनी, प्राविधिक कर्मचारी र स्थानीयवासीको भूमिका रहने भएकाले सबैले आ–आफ्नो कर्तव्य र जिम्मेवारी निर्वाह गर्न आग्रह गरे।

गण्डकी प्रदेशसभा सदस्य रामजीप्रसाद बरालले स्वास्थ्य सेवालाई चौबिसै घण्टा आम जनताको पहुँचमा पु-याउनुपर्ने उल्लेख गर्दै आधुनिक भवनसँगसँगै आधारभूत स्वास्थ्य सेवा र औषधि उपलब्ध हुनुपर्ने बताए। सार्वजनिक खरीद ऐन समयसापेक्ष परिमार्जन नहुँदा विकास योजना शुरुवात गर्न ढिलाइ हुने गरेको बताउँदै उनले सरकारसँग सो ऐन परिमार्जन गरी सरल बनाउन माग गर्ने बताए।

वडाध्यक्ष एवं स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष शोभामोहन पौडेलले वडाका प्रत्येक घरमा स्वास्थ्य सेवा पु¥याउने योजना अनुसार काम अघि बढेको जानकारी दिए। कार्यक्रममा पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा, पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ कास्कीका प्रमुख उमेश चौधरी, नेकपाका वडाध्यक्ष विष्णु गौतम, नेपाली काङ्ग्रेसका वडा सभापति महेश्वर पाण्डे, महिला स्वास्थ्य स्वयंसेविका दुर्गा बस्नेत लगायतले समयमै भवन निर्माण भएर जनताले सेवा पाउनुपर्ने बताए।

विसं २०५१ मा निर्माण गरिएको साँघुरो र अस्थायी भवनबाट सेवा प्रदान गर्दै आएको स्वास्थ्यचौकीको नयाँ भवन निर्माणका लागि पुनर्निमाण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइको १ करोड ८० लाख बजेटबाट काम शुरु भएको हो। भवन निर्माणका लागि न्यू ड्रागन जेभीसँग आगामी १५ महीनाभित्र सम्पन्न गर्ने गरी गत असार १६ गते ठेक्का सम्झौता भएको प्राधिकरणका एकाइ प्रमुख चौधरीले जानकारी दिए। रासस

प्रकाशित: १५ भाद्र २०७६ ०९:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App