coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

धादिङमा बोलेरो जीप दुर्घटना हुँदा १५ घाइते

धादिङ– धादिङको ज्वालामुखी गाउँपालिका वडा नं ६ धौँखोलामा आइतबार बिहान बोलेरो जीप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। 

खरीबाट सदरमुकाम धादिङबेसी आउँदै गरेको ग १ ज ५४३१ नम्बरको जीप अनियन्त्रित भइ सडकबाट ५ मिटर तल खसेको प्रहरीले जानकारी दिए। दुर्घटनामा १५ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। 

दुर्घटनामा गम्भीर घाइते भएका ज्वालामुखी गाउँपालिका वडा नं ५ खरीका ३१ वर्षीय रामबहादुर दुवाडी र ६५ वर्षीय काली गुरुङलाई जिल्ला अस्पताल धादिङबेसीमा उपचारपछि थप उपचारका लागि काठमाडौँस्थित ट्रमा सेन्टरमा पठाइएको छ। 

दुर्घटनामा ज्वालामुखी गाउँपालिका ५ खरीका २९ वर्षीय सोमबहादुर मगराती, २२ वर्षीय लक्ष्मी रोक्का, १२ वर्षीय रमेश रोक्का, २५ वर्षीय गीता रोक्का, २२ वर्षीय धनबहादुर दुवाडी, ६ वर्षीय रोचिता गुरुङ घाइते भएका छन्। 

त्यस्तै १० वर्षीय सरिता रोक्का, १० वर्षीय पार्वती नेपाली, ५० वर्षीय १० वर्षीय सुनिल बालकोटी, १७ वर्षीय सरस्वती गुरुङ, नीलकण्ठ नगरपालिका २ साखुका १३ वर्षीय सिर्जना नेपाली घाइते भएका छन्। घाइतेको जिल्ला अस्पताल धादिङबेसीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए। 

प्रकाशित: १५ भाद्र २०७६ ०९:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App