७ वैशाख २०८१ शुक्रबार
प्रवास

एनआरएन नर्वेकाे अध्यक्षमा मल्ल

ओस्लो (नर्बे)– गैरआवासीय नेपाली संघ (एनआरएनं) नर्वेमा नयाँ कार्यसमिति चयन भएको छ। शनिबार ओस्लोमा भएको निर्वाचनबाट नयन मल्लको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो। 

निर्वाचन समितिका अनुसार अध्यक्षमा मल्ल सहित उपाध्यक्षमा प्रदीप अधिकारी (ओस्लो बाहिर), किरण गुरुन र जीवनबहादुर शाही विजय भएका हुन्। त्यसैगरी आइसीसी मेम्बरमा राजु आर्याल निर्वाचित भएका छन्। 

निर्वाचन समितिका अनुसार नयाँ कार्यसमितिको लागि निर्वाचन समितिले एक अध्यक्ष, तीन उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष, महिला संयोजक, युवा संयोजक, आइसीसी मेम्बर र बढीमा ११ कार्यसमिति सदस्य पदको लागि उम्मेदवारी दर्ता आह्वान गरेको थियो। 

उम्मेदवारी दर्ता हुँदा उपाध्यक्ष र आइसीसी मेम्बरमा मात्र बढी उम्मेदवारी परेपछि ती पदको लागि मात्रै निर्वाचन भएको हो। अगस्ट ३१ मा भएको निर्वाचनमा ५५० मत खसेको थियो। 

डाक्टर सुरज थापाको संयोजकत्वमा बनेको ५ सदस्यीय निर्वाचन समितिले गरेको उम्मेदवारी दर्तामा एक पदको लागि दुई वा दुई भन्दा बढी आवेदन परेमा अगष्ट ३१ गते चुनाव गराउने घोषणा गरेको थियोे। 

जुन १८ देखि स्थानीय समय अनुसार जुन २१ राति १० बजेसम्म उम्मेदवारी दर्ता गराउने समय राखेको थियो। उक्त समयमा अध्यक्षमा नयन मल्ल, महासचिवमा पवित्र बस्नेत, कोषध्यक्षमा अञ्जन बास्तोला, महिला संयोजकमा गोमा सुवेदी, युवा संयोजकमा नारायण थापा र सदस्यहरुमा अनुज उपाध्याय, सागर अर्याल, दीपक पौडेल, जीवननाथ भट्टाराई, पवन आर्चाय र सिद्धान्त घलेकोे मात्रै उम्मेदारी परेपछि यी पदका उम्मेदवार स्वत विजय भएका हुन्। 

उपाध्यक्षमा भने ओस्लो बाहिरबाट प्रदीप अधिकारी र सन्जय ज्ञवालीको उम्मेदवारी परेको थियो। एक पदको लागि दुई आवेदन परेपछि निर्वाचनबाट अधिकारी चयन भएका हुन्। त्यसैगरी दुई उपध्यक्ष पदमा विना श्रेष्ठ, जीवनबहादुर शाही, किरन गुरुन र सुरेन्द्र सात्रेको आवेदन परेकोमा निर्वाचनबाट किरन र जीवन विजयी भएका छन्। आइसीसी मेम्बरमा राजु अर्याल र द्धारिका महर्जनको आवेदन परेकोमा निर्वाचनबाट राजु अर्याललाई चयन गरेको छ। 

नर्वेमा करिब २५ सयको संख्यामा नेपाली रहेको अनुमान गरिन्छ। तर, एनआरएनको सदस्यता भने करिब साँडे ६ सय  जनाले मात्रै लिएका छन्। चुनावमा भने साँडे ५ सय मत खसेको थियो।

प्रकाशित: १५ भाद्र २०७६ ०८:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App