coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

'चीनमै बनेको थियो एटीएम ह्याक गर्ने प्लान'

काठमाडाैँ - अनाधिकृतरुपमा एटीएमबाट पैसा निकाल्नको लागि चिनियाँ नागरिकहरुले चीनमै एटीएम सिस्टम ह्याक गर्ने योजना बनाएको खुलासा भएको छ। 

महानगरीय प्रहरी परिसर काठमाडौँले मध्यरातमा दरबारमार्गस्थित नविल बैंकको एटीएमबाट पैसा चोर्ने पाँच जना चिनियाँ नागरिकलाई पक्राउ गरेपछि  चीनमा नै एटीएम सिस्टम ह्याकगर्ने योजना बनेको प्रहरीको  प्ररम्भिक अनुसन्धानबाट खुलासा भएको हो।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डिएसपी होविन्द्र बोगटीका अनुसारचिनियाँ नागरिक पैसा चोर्नको लागि दरबारमार्ग, स्रोहखुट्टे, ठमेल लगायतका भीडभाड हुने क्षेत्रका एटीएमलाई टार्गेट बनाएर नेपाल आएका हुन्। उनका अनुसार तीन दिनअघि उनीहरु पर्यटक भिसामा नेपाल आएका हुन्।

पाँच जनाको समूहमा आएका उनीहरुले दरबारमार्गमा रहेको माया मनोहर बुटिक होटेल बुक गराएर बसेका थिए। होटेलको तीनवटा कोठा बुक गरेर उनीहरु एटीएमबाट पैसा चोर्नको लागि थप योजना बनाउने प्रहरीको अनुसन्धानबाट खुलेको छ। पक्राउ परेका चिनियाँ नागरिकसँग प्रहरीले एक करोड २६ लाख२९ हजार नेपाली रुपैयाँ र नौ हजारभन्दा बढी अमेरिकन डलर बरामद गरेको छ ।

परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले काठमाडौं झरेको २४ घण्टामै उनीहरुले योजनाअनुसार रकम झिक्न सुरु गरेपछि बैंकले सूचना दिएको थियो। सोही सूचनाको आधारमा एटीएम ह्याकरको खोजी गर्ने क्रममा उनीहरु पक्राउ गरेका थिए। उनले भने,‘चीनबाटै योजना बनाएर उनीहरु आएको प्ररम्भिक अनुसन्धानबाट खुलेको छ।'

नवील बैंकको एटिएमबाट रकम निकाल्दै गर्दा एक चिनियाँ नागरिकले पक्राउ गरेपछि उनकै सूचनाको आधार थप चार जना पक्राउ परेका थिए। 

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार प्रहरीले नियन्त्रणमा लिएका ती व्यक्तिलाई पिछा गर्दै गएपछि होटेल माया मनोरमा पुगेको थियो। ती प्रहरी अधिकृतले भने,‘एक जनालाई एटिएम बुथ र बाँकीलाई होटेलबाट नियन्त्रणमा लिएका हौं।’ उनीहरुले एटीएम बुथबाट निकालेको पैसा झोला र ब्रिफकेसमा राखेर होटेलको कोठामा पुर्‍याउने गरेको देखिएको छ।

प्रहरीका अनुसार शनिवार बेलुका प्रहरीलाई एटिएमबाट रकम झिकिएको सूचना बैंकले नै दिएपछि पैसा झिक्नेहरुको खोजीका लागि अधिकांश एटीएम बुथ नजिक प्रहरी परिचालन गरिएको थियो। 

प्रकाशित: १५ भाद्र २०७६ ०७:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App