coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
प्रवास

अमेरिकामा पहिलो नेपाली सूचना प्रविधि समिट

अमेरिका- अमेरिकामा रहेर सूचना प्रविधिको क्षेत्रमा कार्यरत नेपालीहरुको लागि पहिलो पल्ट सूचना प्रविधि समिट भएको छ। सूचना प्रविधिको क्षेत्रमा काम गर्ने नेपालीहरुको संख्या दिनानुदिन बढिरहेको बेला आयोजना गरिएको यस सम्मेलनले सूचना प्रविधि व्यवसायमा रहेका, त्यसमा रोजगारी गरिरहेकासाथै सोही विषयमा अध्ययन गरिरहेका विधार्थीहरु सहभागि भएका थिए।

अमेरिकामा रहेका नेपालीमा यतिखेर सूचना प्रविधिप्रति रुची बढी रहेकोले त्यसैलाई मध्यनजर गरी सोही क्षेत्रमा रहेका रोजगारदाता, विभिन्न कम्पनि कार्यरत उच्चस्तरका कर्मचारी र विधार्थीहरुको उल्लेख्य सहिभागीता रहेको समिटले उनिहरुलाई सहयोग पुर्याएको नेपाली चेम्बर अफ कर्मसका अध्यक्ष मनोज सिग्देलले बताए।

कार्यक्रममा आधा दर्जन कार्यपत्र प्ररस्तुत भएका थिए। सूचना प्रविधि क्षेत्रका उल्लेख्य उपलब्धि हासिल गरेका अमेरिकी, भारतीय र नेपाली व्यवसायी र व्यवसायिक घरानामा कार्यरत व्यक्तिहरुद्धारा सूचना प्रविधिको उपलब्धि, अबसर र चुनौतिका बारेमा कार्यपत्रहरु प्रस्तुत गरेका थिए।

नेपाली चेम्बरअफ कमर्सद्धारा पहिलोपल्ट आयोजित समिटले सूचना प्रविधिलाई आफ्नो व्यवसाय वा क्यारियर बनाउन चाहानेका लागि महत्वपूर्ण सहयोग पुगेको बताउँदै महासचिव बाल जोशीले अमेरिकामा रहेका नेपालीहरुका लागि थप सूचनामुलक कार्यक्रमहरु गर्दै जाने हौसला मिलेको बताए। कार्यक्रममा एनआरएन अध्यक्ष सुनिल शाह, विनय अर्याल, सिलु घिमिरे, क्षितिज लोहोनीलगायतले आआफ्नो क्षेत्रमा गरिएका काम र अनुभवहरु सुनाएका थिए।

प्रकाशित: १५ भाद्र २०७६ ०७:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App