८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

होन्डुरसमा पत्रकारको हत्या

सांकेतिक तस्बिर

होन्डुरस– मध्यअमेरिकी मुलुक होन्डुरसमा शनिबार एक जना पत्रकारको गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ। मानव अधिकार समूहहरुका अनुसार सन् २००१ यतामात्र यो सहित होन्डुरसमा ७९ जना पत्रकारको हत्या भएको छ।

होन्डुरसको मानव अधिकार आयोगले एचसीएच टिभीमा कार्यरत एडगार जोल अगुलारलाई कोपान शहरमा अज्ञात समूहले गोली हानी हत्या गरिएको जनाएको छ। स्थानीय संचार माध्यमका अनुसार अगुलारलाई अज्ञात व्यक्तिहरुले हत्या गर्ने पटकपटक धम्की दिएका थिए।

आयोगको विज्ञप्तिमा होन्डुरसमा पत्रकारमाथिको अपराधका ९१ प्रतिशतभन्दा बढी घटनामा कारबाही नहुने गरेको भन्दै चिन्ता व्यक्त गरिएको छ। होन्डुरस र मेक्सिको दुबै मुलुक पत्रकारहरुका लागि सर्वाधिक खतरनाक र असुरक्षित मानिन्छन्। एएफपी

प्रकाशित: १५ भाद्र २०७६ ०७:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App