coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

तीन दिन अघि आएका थिए चिनियाँ ह्याकर

काठमाडौँ – अनाधिकृतरुपमा एटीएमबाट पैसा निकाल्नको लागि चिनियाँ नागरिकहरुले सिस्टम नै ह्याक  गरेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौँले मध्यरातमा दरबारमार्गस्थित नविल बैंकको एटिएमबाट पैसा चोर्ने पाँच जना चिनियाँ नागरिकलाई पक्राउ परेपछि  सिस्टम नै ह्याक गरेको अनुसन्धानबाट खुेलेको छ।

परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले मध्यरातमा नविल बैंकको एटिएमबाट रकम निकाल्दै गर्दा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए ।

उनले भने,‘ एटीएमको सिस्टम ह्याक गरी पैसा चोर्नको लागि तीन दिनअघि मात्र चिनियाँ नागरिकहरु नेपाल आएका हुन्।’उनका अनुसार उनीहरु हवाइ मार्ग प्रयोग गरी नेपाल आएका हुन्।

पक्राउ परेकासँग प्रहरीले एक करोड २६ लाख २९ हजार नेपाली रुपैयाँ र नौ हजारभन्दा बढी अमेरिकन डलर बरामद गरेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको छ । उनीहरुको नाम गोप्य राखिएको छ । प्रहरीले केहीबेरमा पत्रकार सम्मेलन गरेर पक्राउबारे जानकारी दिने बताएको छ ।

प्रकाशित: १५ भाद्र २०७६ ०६:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App