८ वैशाख २०८१ शनिबार
समाज

खोलामा डुबेर बालकको मृत्यु

जलेश्वर - महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकामा रहेको विग्ही खोलामा डुबेर शनिबार एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा महोत्तरी गापा–१ पर्साटोल बस्ने मो उवेस नट्टका छोरा २ वर्षीय मो ईरफान नट्ट रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए।

खोला छेउमै रहेको सो टोलमा बस्ने बालक नट्ट खोलाको बाँधमाथि खेलिरहेका बेला अचानक लडेर खोलामा पुगेपछि खोलाले बालकलाई बगाएर लगेको थियो।  मृतक बालकको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको प्रहरीले जनाएको छ।रासस

प्रकाशित: १५ भाद्र २०७६ ०५:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App