coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

चीनको निराशाजनक बराबरी

कुन्मिङ–चीनलाई विश्वकप २०१८ मा डो¥याउने मार्सेलो लिप्पीको आशा मंगलबार घरेलु कुन्मिङमा कतारसँग गोलरहित बराबरीमा रोकिएपछि धर्मराएको छ ।
चीनिया फुटबललाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धात्मक बनाउने महत्वाकांक्षी लक्ष्य लिएर नेतृत्व लिएका लिप्पीका लागि पहिलो खेल सुखद रहेन । बराबरीले चीन एसियाली छनोटअन्तर्गत समुह ‘ए’ को पुछारमा छ ।

टोलीले पाँच खेलमा दुई अंकमात्र जोड्न सकेको छ । जसका कारण २००६ मा इटालीलाई विश्वकपको उपाधि जिताएका लिप्पीको टोली २०१८ मा रुसका लागि छनोट नहुने सम्भावना बढ्दै गएको छ । लिप्पीको आगमनसँगै उत्साहित चीनिया समर्थकले कुन्मिङको रंगशाला खचाखच थियो । तर २०२२ को विश्वकप आयोजना अधिकार पाएको कतारले लिप्पीको टोलीलाई जितबाट विमुख पा¥यो ।

इटालियन मास्टर प्रशिक्षक लिप्पीले मंगलबार बराबरीका बावजुद चीनिया टोली सुधारोन्मुख भएको दावी गरे । उनले रुसका लागि छनोट हुने गणितीय सम्भावना कायम रहेको बताउँदै त्यसैका लागि बाँकी रहेका पाँच खेलमा प्रतिस्पर्धा गर्ने बताए ।

‘पक्कै पनि आज जित्न नसक्दा हाम्रो सम्भावना पातलिएको छ । तर अझै पनि विश्वकपलाई छनोट हुनु असम्भव भने पक्कै छैन । पाँच खेल बाँकी छन् । तिमध्ये चार खेल जित्न सक्यो भने हाम्रो सम्भावना रहन्छ,’ लिप्पीले भने, ‘हामी आज पनि जितको हकदार थियौं । तर केटाहरुले आफ्नै क्षमताअनुसारको प्रदर्शन गर्न सकेनन् । आउँदा खेलमा हामीले आफ्ना गल्ती सुधार्दै जितका लागि खेल्नुपर्छ । मुख्य कुरा नतिजाभन्दा पनि टोलीको समग्र सुधार हो । आत्मबल बढाउने हो । त्यसमा हामीले काम गर्नुपर्छ । टोलीले आफ्नो क्षमता बुझेर खेल्ने हो भने हामी एसियामा सबैलाई हराउन सक्षम छौं ।’

समुह ‘ए’ को अर्को खेलमा दक्षिण कोरियाले उज्वेकिस्तानमाथि २–१ को नतिजा निकाल्यो । को जा चियोलले अन्तिम समयमा विजयी गोल गरेपछि दक्षिण कोरिया घरेलु मैदानमा तीन अंक हासिल गर्न सफल भएको थियो । एफसी औसबर्गका मिडफिल्डरले समय सकिन पाँच मिनेट बाँकी रहँदा घरेलु टोलीका लागि विजयी गोल गरेका थिए । चियोलको गोलले दबाबमा रहेका प्रशिक्षक उली स्टेइलिक र समर्थकलाई राहत प्रदान ग¥यो । मारात बिक्माइभले २५ औं मिनेटमा उज्वेकिस्तानलाई स्तव्धतापूर्ण अग्रता दिलाएका थिए । तर दक्षिण कोरियाका लागि चियोलले विजयी गोल गर्नुअघि ताइ ही नामले ६७ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

यसैगरी जापानले घरेलु साइतामा रंगशालामा सम्पन्न तनावपूर्ण खेलमा साउदी अरेबियामाथि २–१ को विजयी नतिजा निकाल्दै लगातार छैटौं पटक विश्वकपलाई छानिने सम्भावना बलियो बनायो ।

साउदी अरेबियाले १० जनामा सिमित भएर अन्त्य गरेको खेलमा जापानका लागि हिरोशी कियोकाते र जेन्की हारागुचीले गोल गरेका थिए । कियोकातेले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए । जसमा समय सकिन ११ मिनेट बाँकी रहँदा हारागुचीले अग्रता दोव्वर पारे । तर अन्तिम मिनेटमा भ्रमणकारी टोलकिा ओमार हावासावीले सान्त्वनास्वरुप एक गोल फर्काए । साउदी अरेबियाका लागि एक गोल गरे पनि व्यक्तिगत रुपमा हावासावीका लागि त्यो खेलको अन्त्य सुखद रहेन । गोल गरेलगत्तै दोस्रो पहेलो कार्ड सामना गर्दै उनले मैदान छोड्नुप¥यो ।

जितपछि जापान समुह ‘बी’ मा १० अंकका साथ संयुक्त रुपमा शीर्ष स्थानमा पुग्न सफल भयो । जसले बर्खास्तगीको संघारमा रहेका प्रशिक्षक भाहिद हालिहोडजिकलाई राहत मिल्यो । ‘साउदी अरेबिया राम्रो टोली हो । त्यसलाई हराउन सक्नुको जस पूरै खेलाडीलाई जान्छ,’ हालिहोडजकले भने, ‘यो हाम्रा लागि हकलाग्दो जित थियो । यो जितको ठूलो महत्व छ । पाँच खेलमा हामीले १० अंक जोडेका छौं । अब वाँकी रहेका पाँच खेलमा यो लय कायम राख्न सके हामी रुसका लागि लायक हुनेछौं ।’

पछिल्ला दुई विश्वकपमा छानिन असफल भएको साउदी अरेबियाले मंगलबार जित हासिल गरेको भए जापानमाथि स्पष्ट ६ अंकको अग्रता हासिल गर्ने थियो ।
मंगलबारै ढिलोगरी सम्पन्न खेलमा थाइल्यान्डमाथि विजय हासिल गर्न असफल भएपछि अस्ट्रेलिया समुह ‘बी’ को शीर्ष स्थानमा पुग्ने अवसरबाट बञ्चित भयो । माइल जेदिनाकको गोलमा नवौं मिनेटमा अग्रता लिए पनि भ्रमणकारी अस्ट्रेलियाले त्यसलाई जोगाउन सकेन ।

२–२ को बराबरी नतिजा निस्किएको खेलमा अस्ट्रेलियाका लागि दुवै गोल जेदिनाकले गरे भने थाइल्यान्डका लागि टेरासिल डान्गडाले दुई गोल गरे । जेदिनाकले दिलाएको अग्रता २० औं मिनेटमा बराबरीमा ल्याएपछि डान्गडाले ५७ औं मिनेटमा थाइल्यान्डलाई २–१ ले अघि बढाएका थिए । तर जेदिनाकले ६५ औं मिनेटमा गोल गरेपछि घरेलु टोली अंक बाढ्न बाध्य भयो । बराबरीपछि टोली ९ अंकका साथ शीर्ष स्थानका दुई टोली साउदी अरेबिया र जापानलाई १ अंकले पछ्याइरहेको छ ।

 

प्रकाशित: १ मंसिर २०७३ ०५:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App