८ वैशाख २०८१ शनिबार
अर्थ

व्यसायिक बनेन आलु खेती

पाँचथर - लेकाली क्षेत्रमा बर्खे आलु खन्ने बेला अन्तिम चरणमा पुगेको छ। घट्दो खेती, रोग किराको आक्रमण तथा उत्पादन राम्रो नहुँदा आलु खेती खस्कीदै गएको छ। पर्याप्त सम्भावना भएपनि आलु खेतीको आधुनीकरण तथा व्यवसायिकरण हुन सकिरहेको छैन।

पूर्वी पहाडी जिल्लामा महत्पूर्ण खेतीको रुपमा आलुलाई लिईन्छ। लेकाली क्षेत्रको आलुको स्वादका पारखीहरु प्रसस्त छन्। सडक भएको ठाँउमा उत्पादन भएको आलु विक्रि गर्नलाई सहज भएपनि आलुखेतीमा पर्याप्त लगानी हुन सकेको छैन। मेची राजमार्ग आसापास र भारतको सिमा क्षेत्रमा आलु विक्रि राम्रैसँग विक्रि भएपछि ठुलोमात्र उत्पादन हुन सकिरहेको छैन।

औल क्षेत्रमा भन्दापनि लेकाली क्षेत्रमा बढि आलु खेती हुने गर्छ। फराकिलो पहाडका गराहरुमा स्थानीय जातका आलु खेती गरीन्छ। आलु खेतीलाई आधुनिकरण र व्यवसायिक करण गर्ने तर्फ ध्यान दिएको देखिदैन। सम्भवाना भएपनि आलु उत्पादन वृद्धि गर्ने तफ ध्यान नपुगेको फालेलुङ किसान राजकुमार राई बताउँछन्। सिमा क्षेत्रमा उत्पादन भएको आलु भारतीय बजारमा पनि पुग्छन्। लेकाली आलु बढि रुचाईने गरीन्छ।

फिदिम नगरपालीका, फालेलुङ गाँउपालिका, याङवरक गाँउपालिका, मिक्लाजुङ र फाल्गुनन्द गाँउपालिकाको लेकाली क्षेत्रमा बढि आलु फल्छ। जिल्लाको सबैक्षेत्रमा आलु फल्ने गरेपनि किसानहरुको ठुलो आर्कषण देखिन छाडेको छ। उत्पादन भएको आलु  खाएरै सकिने भएकाले व्यवसायिक रुपमा खेती हुन नसकेको मिक्लाजुङको लेखगाँउका सञ्जय राईले बताए। ‘यहाँको आलु अरुतीर निक्कैमन पराउछन् तर विक्रिका लागि ठुलो परिमाणमा बजार पु¥याउन सकिएको छैन। राम्रोसँग विक्रि हुने भए आलु खेती बढ्थ्यो’ उनले भने ‘आलु खेतीका लागि ठाँउ प्रसस्त छ। जनशक्ति र विक्रिको ग्यारेन्टी छैन।’

तरकारी, खाजाको रुपमा आलु प्रयोगमा आहिरहेको छ। मेची राजमार्ग आसपासका गाँउहरुमा  उत्पादन भएको आलु भने सहजै बजार पुग्ने गरेको छ। तराईका विभिन्न जिल्ला र सहरमा यहाँ उत्पादन भएको आलु पुग्छ। प्रतिकेजी ५० रुपैँयामा सिजनमा आलु विक्रि भईरहेकोपाईन्छ। विगतमा भन्दा आलुको उत्पादनमा गिरावट आउन थालेको किसानहरु बताउँछन्। आम्दानी भन्दापनि घरयासी प्रयोगमा बढि आउने हुँदा ठुलो आर्कषण नदेखिएको उनीहरु बताउँछन्।

यहाँका लेकाली बजारहरु आलु खान रुचाउनेहरु प्रसस्त पुग्छन्। टिमुर, पदिना, चिम्फिङको अचारमा रमाउदै आलु खानेहरु भेटिन्छन्। राजमार्ग नजिक यस्तो भएपनि ग्रामिण क्षेत्रको आलु व्यसायिकरण हुन नसकेको देखिन्छ। व्यवसायिक रुपमा लेकाली क्षेत्रमा आलु खेतीको विस्तार गर्न सके आम्दानीको महत्पूर्ण माध्यम बन्ने मकैबारीका दिपक दुलाल बताउँछन्। निर्बाहमुनि खेतीप्रणालीबाट उकास्नु पर्ने उनको भनाई छ।

आलुको उत्पादनमा बृद्धि तथा भण्डारनमा जोड दिन सके उपयुक्त हुने जानकारहरु बताउँछन्। जिल्लामा सिजनमापनि तराई र भारतबाट आएको आलुको भर पर्नु पर्ने अवस्था छ। स्थानीय उत्पादनले यहाँको बजार माग धानिरहेको छैन। उत्पादन लागत बढि हुँदा स्थानीय उत्पादनमा केहि महंगो हुने गरेको छ। सिजनको माग पूर्ती गर्न उत्पादनमा वृद्धि र सिजन नभएको बेलाकालागि भण्डारको उपयुक्त व्यवस्थापन गर्नु पर्ने देखिन्छ। बजारको व्यवस्थापन, उत्प्रेरणा, अनुदान, आधुनिकरणमा सरकारले ध्यान दिनु पर्ने किसानहरु भनाई छ। जिल्लामा आलु उत्पादनको प्रसस्त सम्भावना भएपनि वाहिरबाट आएको आलु किनेर प्रयोग गर्नु पर्ने अवस्था रहेको छ। आलु खेतीलाई विस्तार गर्ने सम्भवाना रहेकाले केहि कामहरु अघि बढाउन खोजिएको कृषि ज्ञान केन्द्र पाँचथरका प्रमुख सागर विष्ट बताउँछन्।

कृषि ज्ञान केन्द्रको तथ्याङ अनुसार जिल्लामा २ हजार १ सय हेक्टरमा खेती हुने गर्छ। यो क्षेत्रको विस्तार गर्न सकिने सम्भावनाहरु रहेको विष्ट बताउँछन्। यो मध्य १ हजार ४ सय २४ हेक्टरम ाबर्खे र ६ सय ७५ हेक्टरमा हिउँदेआलु उत्पादन हुन्छ। जिल्लामा १८ हजार ७ सय ४० टन बर्षे र ८ हजार ८ सय १८ टन हिउँदे आलु उत्पादन हुने तथ्याङक ज्ञान केन्द्रसँग छ। बढिमात्रमा  लेकाली क्षेत्रमा आलु खेतीको विस्तार, बजारीकरण र भण्डारमा जोड दिनु पर्ने अवस्था रहेको विष्ट बताउँछन्।

प्रकाशित: १५ भाद्र २०७६ ०३:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App