८ वैशाख २०८१ शनिबार
समाज

पहिरोमा पुरिएर तीनको मृत्यु

जाजरकोट - जाजरकोटको भेरी नगरपालिका–२ तिमिलेमा शनिबार राति पहिरोले घर भत्काउँदा पुरिएर तीन जनाको मृत्यु भएको छ।  जिल्ला प्रहरी कार्यालयका डिएसपी यामबहादुर खत्रीले एकै घरका तीन जनाको मृत्यु भएको जानकारी दिए। 

उनका अनुसार दलबहादुर वलीको घर शनिबार राति १२ बजेतिर पहिरोले भत्किएको हो।  पहिरोमा परेर ३२ वर्षीया पार्वती वली, नौ वर्षीया मोतिकला वली र तीन वर्षीया धनसरा वलीको मृत्यु भएको डिएसपी खत्रीले जानकारी दिए।  घटनास्थल सदरमुकामदेखि तीन घण्टाको दूरीमा पर्छ।

प्रकाशित: १५ भाद्र २०७६ ०२:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App