गाई राजनीति

भीरमा खसाल्नु ‘अपराध’

आइतबार, १५ भदौ २०७६, ०६ : ४२ नगेन्द्र उपाध्याय/गोविन्द केसी

सुर्खेत/दैलेख - नेपालगन्ज मेडिकल कलेजमा कार्यरत नर्स शर्मिला थापा आफू चढेको स्कुटर साउन ११ गते कारकाँदो सडकमा छाडा चौपायासँग ठोक्किँदा गम्भीर घाइते भइन्।  भारतको लखनऊमा उपचारपछि उनी अहिले स्वास्थ्यलाभ गरिरहेकी छिन्।

नेपालगन्ज उपमहानगरपालिकाका लागि छाडा चौपाया व्यवस्थापन मुख्य समस्या बनेको छ।  छाडा चौपायाले दुर्घटना बढ्न थालेपछि साउन तेस्रो साता सरोकारवालाको बैठक बस्यो।  भारत हुँदै भित्रिने चौपाया तत्कालका लागि वडा नम्बर २१ मा रहेको फुलटेग्रास्थित कान्जी हाउसमा राख्ने र यसको दीर्घकालीन समाधान खोज्ने निर्णयसहित बैठक टुंगियो।

त्यसपछि उपमहानगरपालिकामा बसेको बैठकमा कार्यकारी अधिकृत हरि प्याकुरेलले दैलेखको धार्मिक क्षेत्र श्रीस्थानमा लगेर छाडा चौपाया छाड्ने प्रस्ताव राखे।  छाडा चौपायाका कारण तनावमा रहेका मेयर डा. धवलशमशेर राणाले कार्यकारी अधिकृतको प्रस्तावलाई सहर्ष स्वीकारे।  दैलेखमा छाडा चौपाया पठाउन उपमहानगरले प्रक्रिया सुरु ग-यो।
दैलेखका स्थायी बासिन्दा रहेका कार्यकारी अधिकृत प्याकुरेलले त्यहाँका तत्कालीन प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटासँग फोनमार्फत चौपाया पठाउनेबारे कुराकानी गरे।  उनले पनि मौखिक सहमति दिए।  स्रोतका अनुसार नेपालगन्जका मेयर रिझाउन प्याकुरेलले चौपायाहरुलाई आफ्नो गृहजिल्ला दैलेख पठाउनुपर्ने प्रस्ताव गरेका हुन्।  प्याकुरेल केही समयअघिसम्म स्थानीय विकास अधिकारी थिए।  उनले सुर्खेतमा रहँदा सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पनि समालिसकेका छन्।

उपमहानगरपालिकाको पत्रका आधारमा जिल्ला प्रशासन कार्यालय बाँकेले प्रहरी, निकुन्ज र बाटोमा पर्ने चेकपोस्टहरुलाई ‘तीन सय ७० पशु चौपाया दैलेखसम्म पु¥याउने कार्यमा सहयोग गरिदिनुहुन’ भन्ने बेहोराको पत्र लेख्यो।  सोही पत्रका आधारमा बाँकेदेखि सुर्खेतको कटकुवासम्म पर्ने प्रहरीका पाँच र नेपाली सेनाका तीनटा चेकपोस्टले चौपाया बोकेका ट्रकलाई निर्वाध अघि बढ्न दिए।

दैलेख नपु-याउँदै भीरबाट खसालियो

चितवन क्यारियरले चौपाया दैलेखसम्म पु-याउने जिम्मा पाएको थियो।  गाई राखेर नेपालगन्जबाट बिहीबार राति दैलेखतर्फ छुटे आठवटा ट्रक।  ती ट्रकसँगै नगर प्रहरी निरीक्षक सूर्य बोगटी नेतृत्वको टोली पनि थियो।  उनीहरुले गन्तव्यसम्म नपु-याउँदै कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरको प्रवेशद्वार धुलियाबिट, उत्तरी जलाधार क्षेत्रमा पर्ने कटकुवालगायत ठाउँमा गाईहरु झारे।  ‘गाडीमै गाई मरेको भए त्यसको जानकारी प्रशासन, प्रहरी र नगरपालिकालाई दिएर व्यवस्थापन गर्नुपथ्र्यो,’ वीरेन्द्रनगर नगरपालिकाका वातावरण एवं अनुगमन शाखा प्रमुख यामलाल गिरीले ‘गाडी ब्याक गरेर गाई भीरमा खसाल्नु भनेको अपराध हो। ’ उनले भेरी पुलदेखि नै कटकुवासम्म मरेका र ज्युँदा गाई छोडिएको पाइएको बताए।

‘शुक्रबार साँझसम्म २४ वटा गाई मृत अवस्थामा फेलापारेका थियौं, त्यो संख्या बढेर शनिबार ३५ पुगेको छ,’ गिरीले भने, ‘अझै खोजिरहेका छौं, मरेका चौपायाको संख्या अझै बढ्ने देखिन्छ। ’ कटकुवाको भीरमा दुई, धुलियाबिटमा छ र झुप्राखोला नजिकैमात्र शनिबार तीनवटा गाई मरेको अवस्थामा फेलापरेका छन्।

‘समन्वय र सहकार्य भएन’
भारतबाट समेत आएका चौपायालाई नेपालगन्ज उपमहानगरपालिकाले कान्जीहाउसमा राख्ने गरेको छ।  तीन बिघा क्षेत्रफलमा फैलिएको कान्जी हाउसको क्षमता झन्डै ५० वटा चौपाया राख्ने मात्रै हो।  उक्त कान्जी हाउसमा पाँच सयसम्म चौपाया राखिएका थिए।  खाना र औषधि उपचारको राम्रो व्यवस्था नहुँदा कान्जी हाउसभित्रै चौपाया मर्न थालेपछि सम्बन्धित स्थानीय तह र प्रशासनसँग समन्वय नगरी गाईहरु दैलेख पठाउन खोजेको देखिन्छ।

चौपायालाई जहाँ पु¥याउन खोजिएको हो, त्यहाँका सरोकारवाला निकायसँग कुनै समन्वय र सहकार्य गरिएको पाइँदैन।  दैलेखको श्रीस्थान क्षेत्र रहेको भैरवी गाउँपालिका र श्रीस्थान मन्दिर व्यवस्थापन समितिलाई नेपालगन्जबाट पठाइएका गाईको विषयमा जानकारी छैन्।  ‘यहाँ गौशाला र चरन क्षेत्र छैन्,’ श्रीस्थान मन्दिरका महन्त गोकर्णनाथ योगीले भने, ‘यस्तो ठाउँमा गौमाता ल्याउने कुराले हामीलाई गम्भीर बनाएको छ। ’ उनले नेपालगन्ज उपमहानगरपालिकाले चौपाया पठाउने विषयमा गाउँपालिका र मन्दिर व्यवस्थापन समितिसँग कुनै समन्वय नगरेको र पूर्वस्वीकृति पनि नलिएको बताए।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी चौपाया एक जिल्लाबाट अर्को जिल्लामा पठाउँदा समन्वय गर्नुपर्ने बताउँछन्।  ‘पठाउने र पु-याउने जिल्ला मात्रै होइन् बाटोमा पर्ने जिल्लालाई पनि यसको पूर्वजानकारी हुनुपथ्र्याे’ उनले भने, ‘अहिलेसम्मको अनुसन्धानले गाई पठाएको मात्रै देखिन्छ, जिम्मा लिनेको अत्तोपत्तो छैन्। ’

दैलेखका स्थानीय तह र मन्दिर बेखबर
नेपालगन्जबाट श्रीस्थानका लागि पठाइएका भनिएका गाईबारे दैलेखको भैरवी गाउँपालिका र श्रीस्थान मन्दिर व्यवस्थापन समिति बेखबर छन्।  भैरवी गाउँपालिका–१ श्रीस्थानमा पाल्नका लागि पठाइएका भनिएका गाईबारे आफूहरूसँग समन्वय नभएको श्रीस्थान मन्दिर व्यवस्थापन समितिले जनाएको छ।  समितिका अध्यक्ष केशल थापाले आफूलाई नेपालगन्जबाट गाई ल्याउनेबारे थाहै नभएको र सञ्चारमाध्यमबाट श्रीस्थानमा ल्याउन लागिएका गाई सुर्खेतमा मरेको थाहा पाएको बताए।  ‘श्रीस्थानमा गाईबस्तु राख्न ठाउँसमेत छैन्, पठाइएका भनिएका ती गाईवस्तु कसरी पाल्न सकिन्छ ?’ उनले भने, ‘हचुवाका भरमा गाई पठाइएकाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। ’

गाउँपालिकामै रहेका छाडा चौपाया व्यवस्थापन गर्न स्थानीय सरकारलाई अहिले हम्मेहम्मे परिरहेको छ।  ‘यस्तोमा बाहिरबाट चौपाया ल्याएर हामी थप बोझ बोक्नै चाहँदैनौं,’ गाउँपालिका अध्यक्ष प्रेमबहादुर बुढाले भने, ‘नेपालगन्जबाट यहाँ चौपाया ल्याउने विषयमा अहिलेसम्म कसैले लिखित वा मौखिक जानकारी पनि गराएको छैन्। ’ उनले प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर जिल्लामा बाहिरबाट पशु–चौपाया ल्याउन नदिन आग्रह गरिएको बताए।

  दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले स्थानीय प्रशासन र स्थानीय सरकारको अनुमतिबिनै नेपालगन्ज उपमहानगरपालिकाले केका आधारमा गाईबस्तु दैलेख पठाउन खोजेको भन्नेबारे आफू अनभिज्ञ रहेको बताए।  ‘मन्दिर व्यवस्थापन समिति, वडा र भैरवी गाउँपालिकालाई चौपाया पठाउने विषयमा कुनै जानकारी गराइएको पाइएन्,’ प्रजिअ कट्टेलले भने, ‘समन्वयबिनै अर्को प्रदेशबाट यतिधेरै चौपाया पठाउने काम गर्नुहुँदैनथ्यो। ’

१८९ गाई नेपालगन्ज फिर्ता

दैलेख पु-याउने भन्दै सुर्खेतको वीरेन्द्रनगरमा ल्याएर छोडिएका एक सय ८९ चौपाया नेपालगन्ज उपमहानगरपालिकाले फिर्ता लिएको छ।  प्रदेश प्रहरी कार्यालयका अनुसार शुक्रबार राति र शनिबार गरेर १८९ गाई नेपालगन्ज उपमहानगरपालिकाले फिर्ता लिएको हो।  नेपालगन्जबाट ल्याइएका दुई सय ९१ मध्ये एक सय ८९ उपमहानगरपालिकाले फिर्ता लिएको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले जानकारी दिए।  ‘उपमहानगरपालिकाले पठाएकामध्ये हालसम्म ३५ वटा चौपायाको मृत्यु भएको छ।  एक सय ८९ चौपाया फिर्ता भएका छन्,’ उनले भने, ‘बाँकी वीरेन्द्रनगर नगरपालिकाले खोजेर एकदुई दिनमा पठाउने निर्णय भएको छ। ’ प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) पूर्णचन्द्र जोशीले हराएका चौपायाको खोजी सुरु गरिएको बताए।
‘गौहत्या’ विरुद्ध प्रदर्शन

नेपालगन्ज उपमहानगरपालिकाले दैलेख पठाएका गाईलाई भिरबाट खसालेर मारिएको भन्दै वीरेन्द्रनगरमा शनिबार प्रदर्शन भएको छ।  प्रदर्शनकारीले ‘गौहत्या’ मा संलग्नलाई कारवाही माग गरेका छन्।  सुर्खेत उद्योग वाणिज्य संघअन्तर्गतको इलेक्ट्रोनिक वस्तुगत समितिका अध्यक्ष भुवन ज्ञवालीले ३५ वटा गाई मरेको अवस्थामा भेटिनुलाई राज्यले गम्भीर रुपमा लिनुपर्ने बताए।  उनले घटनामा ट्रकचालक मात्रै नभएर सम्बन्धित सबैलाई छानबिनको दायरामा ल्याएर कारवाही प्रक्रिया अघि बढाइनुपर्ने बताए।  स्थानीयले मंगलगढी चोकबाट ¥याली निकालेर वीरेन्द्रचोकमा कोणसभा गरेका थिए।

गृहद्वारा चार सदस्यीय छानबिन समिति गठन

संघीय सरकारले सुर्खेतमा भएको ‘गौहत्या’ प्रकरणमा छानबिन गर्न चार सदस्यीय समिति गठन गरेको छ।  गृह मन्त्रालयले शनिबार उपसचिव सागरमणि पाठकको संयोजकत्वमा सुरक्षा निकायका प्रतिनिधिसमेत रहनेगरी चार सदस्यीय छानविन समिति गठन गरेको जानकारी प्रवक्ता एवं सहसचिव रामकृष्ण सुवेदीले दिए।  समितिलाई १५ दिनभित्र छानबिन प्रतिवेदन पेस गर्ने समय तोकिएको छ।  समितिलाई सहयोग गर्न मन्त्रालयले सरोकारवाला सबैसँग आग्रह गरेको छ।  मन्त्रालयले ‘गौहत्या’ जस्तो गम्भीर अपराधमा संलग्नलाई कानुनबमोजिम हदैसम्मको कारवाही हुने स्पष्ट पारेको छ।

‘गौहत्या’ को निष्पक्ष छानबिन गर्न माग
अर्जुन ओली

नेपालगन्ज - छाडा चौपायाका कारण नेपालगन्ज उपमहानगरपालिका अस्तवयस्त छ।  छाडा चौपाया व्यवस्थापनका लागि उपमहानगरपालिकाले वडा नम्बर– २१ मा करिब तीन बिघा क्षेत्रफलमा कान्जीहाउस निर्माण गरेको छ।  झन्डै ५० वटा गाई अट्ने क्षमताको कान्जीहाउसमा चार सयदेखि पाँच सय हाराहारीमा चौपाया राखिएका थिए।  उचित खानपान र औषधि उपचार अभावमा कान्जीहाउसभित्र थुनिएका चौपाया मर्न थाले।  चौपायालाई घाँस, पानी र उपचारको व्यवस्था गर्न नसकेको भन्दै उपमहानगरपालिकाको चर्को विरोध भयो।

सामाजिक अभियन्ताले फेसबुकमार्फत ‘गाई बचाऔं अभियान’ सञ्चालन गरे।  गाई संरक्षणमा रचनात्मक काम गरेको भन्दै सहरी विकासमन्त्री एवं बाँके क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका मोहम्मद इस्तियाक राईले दुई साताअघि प्रशंसास्वरुप अभियन्तालाई ५० हजार रकम हस्तान्तरण गरे।  नेपालगन्ज उपमहानगरपालिकाले आवश्यक प्रक्रिया अघि बढाएमा संसद विकास कोषबाट व्यवस्थित कान्जी हाउस निर्माणका लागि एक करोड रुपैयाँ दिने घोषणा पनि राईले गरे।

अभियन्ताको सक्रियता र मन्त्री राईको घोषणापछि उपमहानगरपालिकाले कान्जीहाउसमा केही कर्मचारी खटाएर घाँस, पानीको जोहो गर्न थाल्यो।  नगर प्रमुख डा. धवलशमशेर राणाको अध्यक्षतामा कान्जीहाउस व्यवस्थापन समिति गठन गरियो।  त्यसयता उपमहानगरपालिका र अभियन्ताले कान्जीहाउस पुगेर चौपायालाई नियमित रुपमा घाँस, पानी र औषधि उपचारको व्यवस्था गर्दै आएका थिए।

कान्जीहाउसभित्र राखिएका मध्ये दुई सय ९१ चौपायालाई उपमहानगरपालिकाले बिहीबार राति अचानक आठवटा ट्रकमार्फत दैलेखतर्फ पठाएको सूचना बाहिरियो।  ती गाईमध्ये शनिबारसम्म सुर्खेतमा ३५ वटा मरेको र दर्जनौं घाइते अवस्थामा फेला परे।

यो घटनापछि नेपालगन्जवासी स्तब्ध छन्।  सरोकारवालाले घटनालाई अस्वाभाविक मानेका छन्।  उनीहरुले हत्या गर्ने उद्देश्यलेनै नेपालगन्जबाट रातारात गाईलाई दैलेख पु¥याउन खोजिएको आरोप लगाएका छन्।  सामाजिक अभियन्ता हेमन्तराज काफ्लेले कान्जीहाउसभित्र राखिएका गाई कसैलाई थाहै नदिएर दैलेखतर्फ लैजानु र ठूलो संख्यामा गाई मर्नु तथा घाइते हुनुले शंका उब्जाएको बताए।  ‘हामीलाई थाहै नदिएर कान्जी हाउसका गाई उठाइयो र भिरबाट खसालेर मारियो,’ उनले नागरिकसँग भने।  यस्तै कान्जीहाउस व्यवस्थापन समितिका उपाध्यक्ष एवं अभियन्ता डा. विनोद कर्ण पनि घटनाको सत्य, तथ्य छानबिन हुनुपर्ने बताउँछन्।  ‘एकातिर कान्जीहाउस व्यवस्थापन समिति बनाउने अर्कोतिर समितिभित्रैका हामीलाई थाहा नदिएर सुटुक्क बाहिर पठाउने, उपमहानगरपालिकाको नियत के हो ?’ कर्णले भने, ‘गाईलाई भीरबाट खसालेर मारिएको हो वा आफंै मरेका हुन्।  सत्यतथ्य छानबिन हुनुपर्छ। ’

समितिका सचिव एव अभियन्ता समिरमान श्रेष्ठले कान्जीहाउसभित्र राखिएका गाईको उचित लालनपालन गरिरहेका बेला एक्कासि आफूलाई पनि जानकारी नदिएरै बाहिर पठाइएको भन्दै राजीनामा दिइसकेका छन्।  ‘गाई बचाउ अभियानमा लागेको मैले यसरी झारो टार्नमात्र बनेको व्यवस्थापन समितिमा बसिरहन कुनै औचित्य नदेखेको हुँदा सचिव पदबाट राजीनामा दिएको छु,’ उनको विज्ञप्तिमा उल्लेख छ।

सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले पनि घटनाको छानबिन गर्न माग गरेका छन्।  मन्त्री राईले कान्जीहाउसमा राखिएका गाई भीरबाट खसालेर मारिएको भन्ने समाचार विभिन्न सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएकाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।  घटना विषयमा स्थानीय जनताबाट आक्रोश ब्यक्त भइरहेको भन्दै उनले अविलम्ब सम्बन्धित निकाय एवं जिम्मेवार पक्षमाथि छानबिन र कारवाही हुनुपर्ने माग गरेका छन्।

‘गौहत्या’ प्रकरण चर्किरहेका बेला उपमहानगरपालिकाका प्रमुख धवलशमशेर राणा र उपप्रमुख उमा थापामगर जिल्ला बाहिर छन्।  कार्यवाहक नगरप्रमुख सुनिलसिंह हमालले स्थानीय प्रशासनसमेतको समन्वयमा कान्जीहाउसमा राखिएका गाईलाई सुर्खेत हुँदै दैलेख पु¥याउने ‘पवित्र’ उद्देश् बमोजिम सुरक्षााथ त्यसतर्फ पठाइएको बताए।  ‘कान्जीहाउसमा रहेका चौपाया सुर्खेत हुँदै दैलेखसम्म लैजाने क्रममा केही मरेको भन्ने विषयमा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले जारी गरेको विज्ञप्तिमा लेखिएको छ।

नगरप्रमुख राणाले कान्जीहाउसभित्र राखेर मात्रै चौपायाको व्यवस्थापन गर्न सम्भव नभएपछि सबै निकायको समन्वयमा दैलेख पठाउने निर्णय गरिएको बताए।  काठमाडौंमा रहेका उनले टेलिफोनमा भने, ‘कान्जीहाउसभित्र पनि गर्मीले गाई धमाधम मर्ने अवस्थामा थिए बरु बाहिरै पठाउँदा राम्रो होला भनेर राम्रै सोचेर पठाइयो तर ट्रकभित्रै मरेपछि रोडको छेउमा फालिएको हो। ’ उपमहानगरपालिका कार्यालयका अनुसार नेपालगन्जका सडकमा १५ सय हाराहारीमा छाडा चौपाया छन्।








यसमा तपाईको मत

अन्य समाचार

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकको प्रविधि र रे-ब्यान चस्मा निर्माण गर्ने कम्पनी लक्सोटिक्काको डिजाइनबाट स्मार्टफोनलाई नै प्रतिस्थापन गर्ने स्मार्ट अग्मेन्टेड रियालिटी चस्मा निर्माण गर्ने...

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

एचपीले २४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप निर्माण गरेको दाबी गरेको छ ! ...

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

जेष्ठ नागरिकको सम्मानस्वरुप नेपाल वायुसेवा निगमले ७० वर्ष नाघेका जेष्ठ नेपाली नागरिकका लागि आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिने...

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसका अवसरमा नेपाल टेलिकमले ग्राहकलाई सय रुपैयाँमा तीन जिबी डाटा प्याक योजना सार्वजनिक गरेको छ । ...

बागलुङ मालपोतमा प्रभुको काउन्टर

बागलुङ मालपोतमा प्रभुको काउन्टर

प्रभु बैंकले बागलुङ नगरपालिकास्थित मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेसले दसैं–तिहारको अवसरमा स्काइवर्थ होम अप्लायन्सेसमा ‘स्काइवर्थ ग्रान्ड छुट उत्सव’ सार्वजनिक गरेको छ । ...

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

त्रिवेणी गु्रपको कर्पोरेट छायाँअन्तर्गत रहेको सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार प्रोडक्ट बजारमा ल्याएको छ । ...

एनआइबिएल–रेडक्रस सहमति

एनआइबिएल–रेडक्रस सहमति

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआइबिएल) र नेपाल रेडक्रस सोसाइटीबीच बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य हेरचाह र साक्षरता प्रवद्र्धनका लागि सहमतिपत्रमा हस्ताक्षर...

Ncell Footer Ad