८ वैशाख २०८१ शनिबार
कला

गैरा पर्वको रौनक

बसपार्कमा सञ्चालित देउडा प्रतियोगिता र भीडभाड


डडेल्धुरा–पछिल्ला केही वर्ष यता डडेल्धुराको सदरमुकाममा गौरा पर्व मनाइदै आएको छ। उक्त गौरा भर्नको लागि जिल्लाका मान्छे मात्र होइन्। अन्य जिल्लाका मान्छेको पनि ताति लाग्ने गर्छ ।

यो पर्व सुदूरपश्चिमको मुख्यपर्व भएकोले यहाँका मान्छेले आक्रषणको रुपमा लिने चलन छ।तर गौरा पर्वमा देउडा खेलीने भएकाले अन्य जिल्लाबाट यात्रुको ताति लाग्छ। बसपार्कमा ठाउँको अभावले गर्दा समस्या हुने गरेको आयोजकले जनाएको छ।

अर्का तिर मौलीक गौराको सम्मान र मर्यादालाई पनि कुण्डीथ पारेको जानकारहरुको भनाइ छ। स्थानीय सरकार प्रत्येक स्थानीयहरुको घर र आगंनसम्म जोडिएको पनि आफनो संस्कृति बचाउन ध्यान नदिएको पत्ति जानकारहरुले चिन्ता व्यक्त गरेका गरे। 

पछिल्लो समय गाउँ घरमा मनाइने गौरा अहिले आएर सदरमुकाममा केन्दीत हुनुले हाम्रो संस्कृति हराउने होकी भने चिन्ता लागेको जानकारहरुको भनाइ छ। गौरा त काठमाडौँको टुडिखेलमा पनि मनाइन्छ,तर त्यसलाई के भन्ने जानकारहरुको प्रश्न छ?गाउँमा रहेका गौरा खेल्ने खौलाहरु मासिदै गएका छन। अबको पुस्ताले आफनो कला संस्कृति विर्सने हुन भने चिन्ता व्यक्त गरेका छन्। 

 

प्रकाशित: १४ भाद्र २०७६ १४:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App