'कृषि मुलूकमा समृद्धि बन्छ : मुख्यमन्त्री पौडेल'

शनिबार, १४ भदौ २०७६, १९ : ३३ नागरिक

मकवानपुर– प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखिएको बताएको छ। मकवानपुरको मनहरि गाउँपालिकाको हाँडीखोलाका बिभिन्न कृषि उद्यमको अवलोकन र अनुगमनपछि भएको कार्यक्रममा उहाँले भन्नुभयो, “नेपालको दिगो आर्थिक विकास र समृद्धि कृषि उद्यमबाट मात्र सम्भव रहेको बताए।

मुख्यमन्त्री पौडेलले कृषि र पशुपालनसँग सँगै लैजाने नीति प्रदेश सरकारको रहेको उल्लेख गर्दै कृषिलाई निर्वाहमुखी भन्दा पनि व्यावसायिक र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए। प्रदेशका १ सय १९ वटा स्थानीय तहमा कम्तीमा एउटा कृषि केन्द्र स्थापना गर्ने प्रदेश सरकारको नीति रहेको बताउँदै उहाँले एक गाउँ एक उत्पादन क्षेत्रको अवधारणामा अघि बढाइने जानकारी दिए। 

मुख्यमन्त्री पौडेलले किसान र उपभोक्ताबीचको बिचौलिया प्रथाको अन्त्य गर्नका लागि बिभिन्न स्थानमा बृहत कृषि बजार स्थापना गरिने उल्लेख गर्दै सरकारको मूल अभियान नै कृषि क्रान्ति गर्ने भएकाले सबै जनता कृषिमा लाग्नु पर्ने बताए ।
माटो परीक्षण लगायतको सुविधाका लागि हरेक गाउँपालिकामा एक–एक माटो जाँच केन्द्रको स्थापना गरिने उल्लेख गर्दै उनले ठाउँ, वातावरण र स्थानको विशेषता अनुसार नै खेती गर्नुपर्ने धारणा राखे। रासस





यसमा तपाईको मत

अन्य समाचार

मोटरसाइकलको हेरचाह कसरी गर्ने ?

मोटरसाइकलको हेरचाह कसरी गर्ने ?

मोटरसाइकलको हेरचाह गर्ने तरिका ! ...

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ? ...

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोन डिस्प्लेलाई भाइरस र किटाणु मुक्त बनाउनुहोस् ! ...

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

Ncell Footer Ad