coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

साफ यू १५ फुटबल प्रतियोगिताको उपाधि भारतलाई, नेपाल उपविजेता

काठमाडौं - साफ यू १५ फुटबल प्रतियोगिताको उपाधि खेल भारतले उचालेको छ। फाइनल खेलमा नेपालविरुद्ध शानदार जित निकाल्दै भारतले उपाधि उचालेको हो।

शनिबार कल्याणीमा भएको फाइनल खेलमा आयोजक भारतले नेपाललाई ७-० गोल अन्तरले पराजित गरेको हो। पहिलो हाफमा ३ गोलले पछि परेको नेपालले दोस्रो हाफमा थप चार गोलसहित सात गोल खाएर नेपाल उपविजेता बनेको छ। 

भारतको तर्फबाट सिद्धार्थले दुई गोल गरे भने महेसन सिंह, अमन दिप, शिवजित सिंह, हिमांशु जंग्रा र टाइसन सिंहले एक/एक गोल गरे।

 

प्रकाशित: १४ भाद्र २०७६ १२:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App