७ वैशाख २०८१ शुक्रबार
समाज

जुम्लामा स्याउ महोत्सव (फोटो फिचर)

जुम्ला - जुम्लामा स्याउ महोत्सव सुरु भएको छ। खलंगा बालमन्दिर नजिकै शुरु भएको दोस्रो स्याउ महोत्सको उद्घाटन कर्णाली प्रदेशका कृषिमन्त्री बिमला केसीले गरिन्।  जुम्लाको उत्पादन र आम्दानीको मुख्य स्रोतहरुमध्येको प्रमुख नै हो।  मुख्यस्रोत भएकोले स्याउको बजारीकरण र प्रचारप्रसारको लागि स्याउ महोत्सवको आयोजना गरिएकोे आयोजक समिति जुम्लाका संयोजक महेन्द्र कार्कीले बताए।

  सरकारले जुम्लालाई स्याउ 'सुपरजोन' नै घोषणा गरेको भए पनि उत्पादन र बजारीकरण हुन नसकेको भन्दै महोसवले उत्पादक किसान, सरकारी निकाय र व्यापारीहरुको बीचमा पुलको काम गर्ने विश्वास लिइएको छ। महोत्सवका अवसरमा स्याउसम्बन्धि सरकारी र गैरसरकारी निकायसँग सहकार्य गरी स्याउसम्बन्धि विचार विमर्श हुनेछ।  किसानहरु स्याउ महोत्सवका लागि निकै उत्साहित छन्।

  नेपालको स्याउ बजारमा चाइना र भारतको हिस्सा नै बलियो छ।  जुम्लाको स्याउले मध्यपश्चिमका साना शहरहरुको आवश्यकता एक दुई महिना पूर्ती गरे पनि देशभरि बजारीकरण हुन अझैँ सकिरहेको छैन, संयोजक कार्कीले भने,‘जुम्लाको स्याउ महोत्सवपछि देशभरिबाट जुम्लाप्रति स्याउका व्यापारिक केन्द्रहरुबाट चासो व्यक्त भइरहेको छ।  यसले किसानलाई राम्रो स्याउ उत्पादनका लागि प्रेरित गरिरहेको छ।  ’राम्रो स्याउ उत्पादक किसानलाई महोत्सवका अवसरमा पुरस्कृत गर्ने तयारी भइरहेको आयोजकको भनाई छ।

एक सय किसानले आफुले उत्पादनको स्याउ महोत्सवमा प्रदर्शन गर्ने भएका छन्।   यो महोत्सव नयाँ पुस्ताका किसानका लागि हो।  यो नयाँ पुस्ता उत्पादनसँग जोडिएको सुसंस्कृत बनोस् भन्ने हाम्रो चाहना हो। आयोजक समितिका सरोज शाही भन्छन्,‘इटालीमा टमेटिनो महोत्सव, फ्रान्समा अंगुर महोत्सव हुन्छन्।  ति महोत्सवमा पर्यटकहरुको ओइरो लाग्दछ।  कुनै दिन जुम्लाको स्याउ महोत्सव कृषि पर्यटन महोत्सवमा फेरिन विश्वासका साथ आरम्भ गरिएको हो।  साथै भदौँ र असोज पर्यटनका लागि उपयुक्त महिना हुन्।’

उनका अनुसार मौसममा जुम्लामा स्याउ पिकिङ आवर भएको, रारा र फोक्सुन्डो, सिजा भ्याली घुमेर जुम्लाको बगैचामा स्याउ खाएर फर्किन सक्ने गरि महोत्सव बनाउन सकिन्छ।  जुम्लामा स्याउ महोत्सव कुनै वेला सबैैभन्दा ठूलो कृषि पर्वमा फेरिने विश्वास गर्न सकिन्छ।

महोत्सवमा कृषि उत्पादनसँग जोडिएका लाइन एजेन्सीहरुले किसानलाई स्याउ उत्पादन, बजारीकरणसँग जोडिएका सूचनामूलक डेक्स राखेका छन्। आफ्नो उत्कृष्ट स्याउ ल्याएर रङ, आकार र सुगरको मात्राका आधारमा उत्कृष्ट किसान छनौट गरिएको थियो।  मुल्यांकनका आधारमा उत्कृष्टताका आधारमा रेडडेलिसियस र रोयल डेलिसियस भेराइटीमा प्रथम, दोस्रो र तेस्रो हुने किसानलाई पुरस्कृत गरिएको थियो  जुम्लाका आइएसएजी, जेटिए पढिरहेका विभिन्न कलेजका विद्यार्थीहरुलाई महोत्सवमा सहभागी थिए।

  साथै स्थानीय स्याउका चाना उत्पादक, व्रान्डी, रक्सी र वाइन उत्पादकहरुको उत्पादनमा पनि प्रवद्र्धन हुने जानकार बताउँछन्।  यो महोत्सवमा स्थानीय देउडा, हुड्के, दमाहा नाचको पनि देखाइएको थियो।  काञ्जिरोवा टाईम्सको आयोजनामा जुम्लामा स्याउ महोत्सव भएको होे।

तस्बरः धनबहादुर/नागरिक

प्रकाशित: १४ भाद्र २०७६ १०:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App