४ वैशाख २०८१ मंगलबार
राजनीति

मन्त्री भट्टराईले प्रतिपक्षी नेता देउवालाई सुनाए एक वर्षे कार्ययोजना, नयाँ ‘संस्कार’को सुरुवात

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन्। शनिबार विहान पूर्वप्रधानमन्त्री देउवाको निवास बुढानीलकण्ठ पुगेर भट्टराईले मन्त्रालयले गरिरहेका काम र आफ्नो एकवर्षे कार्ययोजनाबारे जानकारी गराएका हुन्। 

आफ्नो मन्त्रालयले केही दिन पहिले सार्वजनिक गरेको वार्षिक कार्यक्रम र भ्रमण वर्ष २०२० का बारेमा जानकारी गराएको भट्टराईले बताए। उनले भने, ‘मन्त्रालयका काम र भ्रमण वर्ष २०२० को बारेमा उहाँले अभिरुचिका साथ सुन्नुका साथै महत्वपूर्ण सल्लाह सुझाव दिनु भएको छ।’

यसअघिसम्म मन्त्रीहरुले प्रमुख प्रतिपक्षी दलका नेतालाई मन्त्रालयको कामको बारेमा जानकारी दिने प्रचलन थिएन। मन्त्रीले प्रमुख प्रतिपक्षी दलका नेतालाई भेटेर आफ्ना मन्त्रालयको कामको योजना सुनाएर असल राजनीतिक संस्कारको सुरुवात गरेको भन्दै सामाजिक सञ्जालमा भट्टराईको प्रशंसा भएको छ। यो पहिलो र नयाँ राजनीतिक संस्कारको सुरुवात भएको धेरैले उल्लेख गरेका छन्।

प्रकाशित: १४ भाद्र २०७६ ०९:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App