७ वैशाख २०८१ शुक्रबार
समाज

गैँडाको आक्रमणमा तीन घाइते, दुई जनाको अवस्था गम्भीर

फाइल फोटो

बर्दिया-जिल्लाको बारबर्दिया नगरपालिका रानीपुरमा गैँडाको आक्रमणबाट तीन जना घाइते भएका छन्। शनिबार विहान बिहान बारबर्दियास्थित कुसुम्बाघाटमा नवनिर्मित झोलुङे पुल हेर्न गएकालाई रानीपुरको जङ्गलबाट निस्केको गैँडाले आक्रमण गरेको हो।

आक्रमणबाट तीन जना घाइते भएको र घाइेत मध्यदुई जनाको अवस्था गम्भीर भएपछि उपचारका लागि बाँके कोहलपुरस्थित शिक्षण अस्पतालमा लगिएको छ।

आक्रमणबाट बारबर्दिया नपा–४ का ३९ वर्षीय रामप्रसाद थारु, सोही नपा–५ का ६५ वर्षीय जङ्गली थारु र १० वर्षीया शिखा थारु घाइते भएको वडा नं– ४ का वडाध्यक्ष मानबहादुर थारुले बताए।प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले जङ्गली र शिखाको अवस्था गम्भीर रहेको जानकारी दिए। रासस

प्रकाशित: १४ भाद्र २०७६ ०९:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App