coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

'सामाजिक सञ्जालमा आउने गलत सूचना पत्रकारिता क्षेत्रका नयाँ चुनौती'

काठमाडौं - नेपाल राष्ट्रबैकका गभर्नर चिरञ्जीवी नेपालले सामाजिक सञ्जालमा आउने गलत सूचनाले पत्रकारिता क्षेत्रमा नै नयाँ चुनौती थपेको भन्दै संवेदनशील हुन संचारक्षेत्रलाई आग्रह गरेका छन्।

नेपाल आर्थिक पत्रकार समाज सेजनको २० औ बार्षिक साधारणसभा एंव अधिवेशनलाई सनिबार सम्बोधन गर्दै गभर्नर नेपालले सामाजिक सञ्जालको व्यापकता र फेसबुकमा  आउने गलत सुचनाले भ्रम श्रृजना गराउने काम भइरहेको बताए। सामाजिक सञ्जालमा आएका सूचनालाई नै समाचार मान्ने प्रवृत्ति बढ्दै जाँदा संचार क्षेत्रको सही भुमिका नै छाँयामा पर्ने भन्दै उनले त्यसतर्फ सबै संचारकर्मी र संचारगृहले सावधानी अपनाउनुपर्ने उल्लेख गरे। 

उनले समाचार लेखेकै आधारमा ज्यान जोखिममा पर्ने गरेको पनि देखिएकाले पत्रकारको जिम्मेवारी र भूमिका आफैमा चुनौतिपुर्ण रहेको बताए। उनले समाजिक सरोकार तथा हितहुने र सरकारको नीतिमा परिर्वतन आउने  खालका समाचारलाई पत्रकारले प्राथमिकता दिनुपर्ने बताए। उनले नेपाली संचारजगत अझै पनि अत्याधुनिक सुचना प्रविधि संग प्रतिष्प्रधी बन्न नसकेको टिप्पणी गरे।

प्रकाशित: १४ भाद्र २०७६ ०८:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App