काठमाडौं – आयोजक ग्रिनल्यान्डले १४औं क्विक्स चिजबल ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शुक्रबार दोहोरो उपाधि जितेको छ।
ग्रिनल्यान्ड सिनियर ब्वाइज र गल्र्स दुवैमा च्याम्पियन बन्न सफल भयो। जुनियर ब्वाइजमा लालीगुराँस पहिलो भयो। सिनियर ब्वाइज फाइनलमा ग्रिनल्यान्डले टिआइएलाई ५२–४५ ले पराजित ग-यो। ग्रिनल्यान्डका सम्पूर्ण गुरुङले १९ अंक जोडे। सिनियर गल्र्स फाइनलमा ग्रिनल्यान्डले एचएचसिएलाई ४०–२८ ले हरायो।
विजेताकी सुजाता जागरीले ११ स्कोर गरिन्। जुनियर ब्वाइज फाइनलमा लालीगुराँसले ग्रिनफिल्डलाई ३२–२२ ले पाखा लगायो। लालीगुराँसका दीपेश क्षेत्रीले ११ अंक बटुले। सिनियर ब्वाइजमा ग्रिनल्यान्डका सम्पूर्ण गुरुङ, जुनियर ब्वाइजमा लालीगुराँसका दीपेश क्षेत्री र सिनियर गल्र्समा ग्रिनल्यान्डी सितोषना केसी ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए।
सिनियर ब्वाइजमा टिआइएका सम्राट गुरुङ (९६ अंक) र सिनियर गल्र्समा एचएचसिएकी अनिता राई (८७ अंक) परतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने। सिनियर ब्वाइजमा ग्रिनल्यान्डका राजीव आलेमगर र सिनियर गल्र्समा ग्रिनल्यान्डकी स्वीकृति ढकाल उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए।
विजेतालाई प्याब्सनका सह–अध्यक्ष डिके ढुंगाना र ग्रिनल्यान्डका प्रिन्सिपल थकिनकुमार गुरुङलगायतले पुरस्कृत गरेका थिए।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
सेञ्चुरी कमर्सियल बैंकको चरीकोट शाखाले दोलखा चेम्बर अफ कमर्ससँगको आयोजनामा एकदिने वित्तीय साक्षरता आधारभूत कर्जा, लेखा तथा करसम्बन्धी कार्यक्रम सञ्चालन...
नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धी सिद्धी सिमेन्ट–१० औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गर्ने भएको छ । ...
ओपोले डिसेम्बर १०का दिन चीनको शन-छानामा पहिलो ओपो ईन्नोडेको आयोजना गर्ने घोषणा गरेको छ। ...
सनफ्लो ब्रान्ड तेलको उपहार योजनाको दोस्रो लक्की ड्र कार्यक्रमका विजेतालाई हिराको हार र हिराका अन्य उपहार हस्तान्तरण गरिएको उत्पादत कम्पनी...
प्रभु बैंकले सर्लाहीको ईश्वरपुर नगरपालिका, वडा नम्बर ६, बयलबासमा शाखा विस्तार गरेको छ । ...
नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच कर्णाली र सुदूर पश्चिम प्रदेशमा सूचना महामार्ग निर्माण गर्न समझदारी भएको छ । ...
होङ्सी शिवम् सिमेन्ट प्रालिका कर्मचारीको सहयोगमा चिनियाँ चिकित्सा टोलीले १६ पाल्पाको निस्दीमा पर्ने ज्यामिरमा बुधबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको...
यसमा तपाईको मत