८ वैशाख २०८१ शनिबार
अन्य

गल्तीबिनै माफ माग्या माग्यै

यो उनको गल्ती हैन । तर पनि बारम्बार उनले  माफ माग्नुपर्छ । एक पटक होइन, दुई पटक होइन, दैनिक लाखौं पटक । ‘माफ गर्नुहोला, तपाईंले सम्पर्क गर्नुभएको नम्बर...’ भन्दै पटक पटक  माफ माग्ने महिला हुन्, ललितपुरकी अनुपमा कर्माचार्य ।

पेशाले नेपाल विद्युत प्राधिकरणमा जागिरे उनले २०५८ सालतिर यो आवाज रेकर्ड गराएकी हुन् । त्यसबेला दूरसंचारले मोबाइल ल्याउने तयारी गर्दै गर्दा मिठो आवाजको खोजी भएको थियो ।   ‘मैले चिनेको एक जना दाइले जानकारी दिनुभयो तिमी पनि भ्वाइस पठाउँ भनेर,’ उनले भनिन्, ‘मेरो आवाज चयन भयो र रेकर्ड गरियो ।’

माफ माग्नु नराम्रो नभए पनि नगरेको गल्तीमा माफ माग्दा अफ्ठेरो भने लाग्ने गरको उनले सुनाइन् । जरुरी भएको बेलामा मोबाइल सम्पर्क हुन नसक्दा आफूलाई समेत दुःख लाग्ने बताउँदै उनले ग्राहक यो आवाजबाट पक्कै खुसी नहुने उनको बुझाई छ ।

३३ वर्षको उमेरमा रेकर्ड गरेको आवाज अहिले ५१ वर्षको उमेरसम्म उसैगरी बजिरहेको उनले सुनाइन् ।
जमलस्थित कोरियन सपको माथि रहेको रेकर्डिङ स्टुडियोमा पहिलो पल्ट भ्वाइस रेकर्ड गराएको र  त्यसले नभएपछि पद्मोदय स्कुलनजिक फेरि रेकर्ड गराएको उनलाई याद छ ।

‘मैले एक पाना जति यस्ता शब्द पढेको थिए,’ उनले भनिन्, ‘माफ गर्नुहोला... र ...व्यालेन्स सकियो रिचार्ज गर्नुहोला...’ निकै प्रयोग भएको छ ।’
माफी मागेको विषयमा जीवनमा निकै रमाइला क्षण पनि आएको उनी सम्झन्छिन् । छोराको साथीहरू घरमा आएर फोन चलाउँदा मेरो आवाज सुनेपछि मलाई जिस्काउदै अन्टी कति माफ मात्र माग्नुभएको, फोन कनेक्सन नि गराइदिनु न भन्छन्,’ उनले हास्दै भनिन्, ‘बाबु, मैले माफ मात्र माग्ने हो, अरु केही गर्न सक्दिनँ ।’ 

‘...टेलिकमको नेटवर्क राम्रो भइदिए मैले धेरै माफ माग्नु पर्दैनथ्यो,’ उनी भन्छिन्, ‘मैले माफी नमाग्दा सर्वसाधारण खुसी हुन्थे ।’

माफ माग्नु नराम्रो नभए पनि नगरेको गल्तीमा माफ माग्दा अफ्ठेरो लाग्ने गरेको उनले सुनाइन् । जरुरी भएको बेलामा मोबाइल सम्पर्क हुन नसक्दा आफूलाई समेत दुःख लाग्ने बताउँदै उनले ग्राहक यो आवाजबाट पक्कै खुसी नहुने उनको बुझाई छ ।

‘एक पटक माइक्रोमा यात्रा गर्दा यात्रुहरू मेरै आवाजको बारेमा कुरा गर्दै थिए,’ उनले भनिन्, ‘यो दिदीको अरु कामै केही छैन क्या हो, खाली माफ मात्र माग्छिन् भन्दै एक रिसाएका थिए ।’ आफू सँगै भए पनि त्यो बेला केही नबोलेको उनले सुनाइन् ।पछिल्लो समय सामाजिक संजालमा उनको बारेमा जानकारी आएपछि उनी थप खुसी भएकी छन् । ‘फोन नलाग्दा गाली गरियो, माफ गर्नुहोला भनेर पनि कमेन्ट गरेका छन्,’ उनले भनिन्, ‘यस्ता कुराले केही खुसी दिएको छ ।’

सुरुका दिनमा आफूसँग मोबाइल नभए पनि श्रीमान्को मोबाइलमा फोन गर्दा आफ्नो आवाज पहिलो पटक सुनेको उनले सुनाइन् । ‘आफूले आफूसँगै माफ मागेजस्तो भयो,’ उनले भनिन्, ‘त्यसपछि हासे र फोन राखिदिए ।’श्रीमान पनि पटक पटक झुक्केको उनी सुनाउँछिन् । ‘अरुलाई फोन गर्दा पनि मेरो आवाज आएपछि केही समय त उहाँ पनि झुक्किनुभयो रे,’ उनले भनिन्, ‘केही समय त यो रमाइलो किस्सा बन्यो ।

‘माफ माग्नु नराम्रो होइन, त्यसमा विनम्रता झल्कन्छ,’ उनले थपिन्, ‘माफ मैले हैन खासमा नेपाल टेलिकमले मागेको हो ।’ फोन नलाग्दा कतिको जीवन जोखिममा समेत पर्ने बताउँदै  नेटवर्क राम्रो भइदिएर सबैलाई खुसी मिल्ने उनले  सुनाइन् ।’

छोराछोरी पनि आमाको आवाज सुन्न पाएकामा खुसी भए पनि फोन नलाग्दा भने दिक्क हुने गरेको उनी सुनाउँछिन् । ‘म थोरै भए पनि भाग्यमानी नै छु,’ अविनभ कर्माचार्य भन्छन्, ‘अरुलाई सम्पर्क नहुदा पनि आमाको आवाज भने सुन्न पाउँछु ।’  २०७२ सालको भूकम्पको बेलामा भने आफूले धेरैपटक माफ माग्नुपरेको उनी सुनाउँछिन् । ‘सम्भवतः त्यो सबैभन्दा पीडाको क्षण थियो,’ तर त्यसबेला पनि मेरै आवाजले माफ माग्नुप¥यो ।’  माफ मागेर आफूलाई घाटा नभए पनि जनतालाई  भने समस्या पर्ने उनको बुझाइ छ ।

२०२५ सालमा जन्मेकी उनी एसएलसी पास गरेलगत्तै २०४१ सालतिर नेपाल विद्युत प्राधिकरणमा जागिर खाएकी हुन् । तीन दशकभन्दा विद्युत प्राधिकरणमा काम गरिसकेकी उनलाई टेलिकम पनि उत्तिकै प्यारो लाग्छ । ‘मेरो आवाजले मलाई टेलिकमसँग जोडेको छ,’ उनले भनिन्, ‘यसले प्रगति गर्दा मलाई मेरै संस्थाले प्रगति गरेजस्तै खुसी लाग्छ ।’

तीन दशकभन्दा विद्युत प्राधिकरणमा काम गरेसकेकी उनलाई टेलिकम पनि उत्तिकै प्यारो लाग्छ । ‘मेरो आवाजले मलाई टेलिकमसँग जोडेको छ,’ उनले भनिन्, ‘यसले प्रगति गर्दा मलाई मेरै संस्थाले प्रगति गरेजस्तै खुसी लाग्छ ।’

तीन दशकभन्दा विद्युत प्राधिकरणमा काम गरेसकेकी उनलाई टेलिकम पनि उत्तिकै प्यारो लाग्छ । ‘मेरो आवाजले मलाई टेलिकमसँग जोडेको छ,’ उनले भनिन्, ‘यसले प्रगति गर्दा मलाई मेरै संस्थाले प्रगति गरेजस्तै खुसी लाग्छ ।’

कतिपयले कति रोयल्टी आउँला भनेर समेत प्रश्न गर्छन् । तर, उनले     त्यतिबेला २० हजार रूपैयाँको हाराहारीमा रकम पाएको सुनाउँछिन् ।  ‘टेलिकमको नेटवर्क राम्रो भइदिए मैले धेरै माफ माग्नु पर्दैनथ्यो,’ उनी भन्छिन्, ‘मैले माफी नमाग्दा जनताहरूले खुसी भेट्थे ।’नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्य   संस्थानका झण्डै दुई करोड ग्राहक रहेको सुनाउँछिन् । विगतको तुलनामा पछिल्लो समय नेटवर्कमा सुधार आएको उनले सुनाइन् । ‘पछिल्लो समय कल सक्सेस रेटमा सुधार आएको छ,’ उनले भनिन् ।

तर, कर्माचार्यको आवाजले माफी माग्ने क्रम रोकिएको छैन । माफ माग्नुलाई उनी नराम्रो पनि मान्दिनन् । ‘माफ माग्नु नराम्रो होइन, त्यसमा विनम्रता झल्कन्छ,’ उनले थपिन्, ‘माफ मैले होइन, खासमा नेपाल टेलिकमले मागेको हो ।’ फोन नलाग्दा कतिको जीवन जोखिममा समेत पर्ने बताउँदै नेटवर्क राम्रो भइदिएर सबैलाई खुसी  मिल्ने उनले सुनाइन् ।’

प्रकाशित: १४ भाद्र २०७६ ०४:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App