८ वैशाख २०८१ शनिबार
अन्य

देबुको एकल नृत्य

सुदूरपश्चिमेली कलाकार देबु वोरा प्रतिभाशाली सर्जक हुन्। धनगढीमा जन्मे/हुर्केका उनी अचेल काठमाडौंमा बस्छन्। शिष्यहरूलाई नाच सिकाउँछन्। राम्रो कोरियोग्राफी गर्छन्।

विभिन्न जातजातिको पोशाक लगाएर महिलाको भेषमा नाच्न पनि उनी सिपालु छन्। जन्मेको पाँच महिनामै बुवा गुमाएर टुहुरा बनेका प्रतिभा हुन् उनी। ०५७ सालमा डोटीमा नाटक खेल्न जाँदा संयोगले भेट भयो डा. तुलसी भट्टराई र नीर शाहसँग। नृत्यबाट प्रभावित भएर शाहले उनलाई काठमाडौं बोलाए।

त्यही वर्ष उनी काठमाडौं आए। शाहले उनलाई प्रज्ञाप्रतिष्ठानमा जागिर मिलाइ दिए। उनको जीवन मोडियो। नृत्य मार्फत् मौलिकता संरक्षण र प्रवर्धन गर्दैछन् उनी।

यसैक्रममा हिमाल डेन्टल हस्पिटलले असोज ६ गते काठमाडौंमा उनको एकल नृत्य कार्यक्रम गर्दैछ। त्यहाँ देबुले विभिन्न गीतमा नृत्य गर्नेछन्। सांस्कृतिक अध्येता हेमन्त विवशले देबुको कार्यक्रम गर्न हस्पिटलका प्रमुख डा. राजेन्द्र भट्टलाई हौस्याएका हुन्। भट्टले सुदूरपश्चिमको लोकसंस्कृतिमा योगदान पु-याउने एक जनालाई वर्सेनी २५ हजार रुपैयाँ नगदसहित ‘हिमाल डेउडा रत्न’ले सम्मानित गर्ने घोषणा पनि गरेका छन्। शुभकामना देबु !

प्रकाशित: १४ भाद्र २०७६ ०१:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App