७ वैशाख २०८१ शुक्रबार
समाज

५० प्रहरी उपरीक्षकको सरुवा

काठमाडाैं- नेपाल प्रहरीले आज ५० प्रहरी उपरीक्षकको सरुवा गरेको छ। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको आजको निर्णयअनुसार विभिन्न जिल्लाका प्रहरी उपरीक्षकको सरुवा गरिएको प्रहरीका सह–प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले जानकारी दिए।

विभिन्न जिल्ला प्रदेश प्रहरी कार्यालय प्रहरी प्रधान कार्यालय, ट्राफिक प्रहरी कार्यालय, राष्ट्रिय सुरक्षा परिषद्को कार्यालय सिंहदरबार, लागुऔषध नियन्त्रण ब्यूरो, दङ्गा नियन्त्रण, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलगायत विभिन्न कार्यालयका कार्यरत प्रहरी उपरीक्षकको सरुवा भएको जोशीले जानकारी दिए। रासस

प्रकाशित: १३ भाद्र २०७६ १६:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App