coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

नेपाल एक चीन नीतिमा दृढ

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताएका छन्। प्रधानमन्त्री दाहालले नेपालका लागि चिनियाँ राजदूत यु होङसँगको भेटमा नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताएका हुन्। राजदूत यु नेपालमा जिम्मेवारी समालेपछि पहिलोपल्ट प्रधानमन्त्री दाहाललाई भेट्न मंगलबार उनकै निवास वालुबाटार पुगेकी थिइन् ।

‘भेटमा प्रधानमन्त्रीले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउनुभयो । र, नेपालको पुनर्निर्माण र विकासमा प्राप्त चिनियाँ सहयोगका लागि धन्यवाद् दिनुभयो,’ प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

शिष्टाचार भेटमा राजदूत युले आफ्नो कार्यकाल नेपाल र चीनबीचको सम्बन्ध थप सुदृढ गर्न केन्द्रित हुने बताएकी थिइन् । भेटमा चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमण विषयमा पनि छलफल भएको बताइएको छ । 

चिनियाँ राजदूत युले गत सातामात्रै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएकी थिइन्।

प्रकाशित: १ मंसिर २०७३ ०१:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App