coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

भिरबाट खसालेर ‘गौहत्या’ प्रकरणः छानबिन गर्न राप्रपाकाे माग

काठमाडौं– कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सुर्खेतको जंगलमा भेटिएको मृत गाइ र घाइते अबस्थाको गाइबारे छानविन गर्न माग गरेको छ। शुक्रबार राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले एक विज्ञपित जारी गर्दै छानविन गर्न माग गरेको हो।

जारी विज्ञप्तिमा भनिएको छ ‘नेपालगञ्जबाट दैलेखतर्फ लगिएको भनिएको १५० गाईहरु मध्ये सुर्खेतको कटकुवा भन्ने ठाउँको जङ्गलमा शुक्रबार बिहान २३ वटा गाई मृत अवस्थामा भेटिएको र केही गाइहरु घाइते अवस्थामा रहेको भन्ने समाचार प्रति राप्रपाको गम्भीर ध्यानाकर्षण भएको छ। हिन्दुहरुको आस्था एवं राष्ट्रिय जनावर गाई एकैपटक ठूलो संख्यामा मृत भेटिनु दुःखद, शंकास्पद र निन्दनीय छ।’

घटनाको तत्काल छानबिन गर्न तथा यदि नियतवश यो जघन्य अपराध भएको हो भने दोषी पत्ता लगाई कडा कारबाही गर्न सरकारसँग राप्रपाले माग गरेको छ।

के भएको थियो सुर्खेतमा ?
नेपालगञ्जको कान्जीहाउसबाट ल्याइएका दुई सय ९१ गाई मध्ये वीरेन्द्रनगर–८ स्थित कटकुवा जंगलमा २३ वटा मृत भेटिएका थिए।  जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक उदयसिंह सिजापतिका अनुसार आठ वटा ट्रकमा ल्याइएका गाइहरु शुक्रबार बिहान करिब साढे तीन बजेतिर कटकुवा जंगलमा छोडिएका थिए। कटकुवा जंगलमा फेला परेका मध्ये एक सय ५० भन्दाबढी चौपायाहरु घाइते छन्।

प्रहरीका अनुसार नौ वटा चौपायाहरुलाई भिरबाट खसालेर मारेको पाइएको छ। स्थानीयहरुले सामुहिक गौहत्या गरिएको आरोप लगाएका छन्। स्थानीय कृष्णप्रसाद खरेलका अनुसार नेपालगञ्जबाट ल्याइएका चौपाया गाडीबाट सिधै भिरमा खसालेको पाइएको छ। प्रहरीले मृतक चौपायाको तथ्याङ्क संकलन गरिरहेको छ। प्रहरीले चौपाया छोडेर नेपालगञ्ज फर्कँदै गरेका पाँच वटा ट्रकलाई बबईबाट नियन्त्रणमा लिएको छ।

प्रकाशित: १३ भाद्र २०७६ १३:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App