आन्तरिक विवादमा रुमल्लिएको राजपाको बैठक सकियो

शुक्रबार, १३ भदौ २०७६, १८ : ४१ नागरिक

काठमाडौं– आन्तरिक विवादमा रुमल्लिएको मधेश केन्द्रित दल राष्ट्रिय जनता पार्टीको अध्यक्षमण्डलको बैठक बसेको छ। शुक्रबार अपरान्ह पार्टी कार्यालय बबरमहलमा राष्ट्रिय जनता पार्टीको अध्यक्षमण्डलको बैठक हालका संयोजक राजकिशोर यादवको अध्यक्षतामा बसेको हो।

केहि दिन अगाडी संयोजक यादवले पार्टीको राजनीतिक समितिको बैठक बोलाए पछि बाँकि नेता संयोजक यादवसँग रुष्ट बनेका थिए। संयोजक यादवले शुक्रबार (आज) र शनिबार दुइ दिन राजनीतिक समितिको बैठक बोलाएका थिए। विभिन्न जिल्लामा रहेका राजनीतिक समितिका सदस्यहरु काठमाडौँ आइसकेका छन्।

अध्यक्षमण्डलका अन्य सदस्यहरुसँग सल्लाह नै नगरी बैठक बोलाइएको भन्दै आलोचना भएपछि राजनीतिक समितिको बैठक मिति नतोकी सारिएको छ। अध्यक्ष मण्डलको बैठक माथिल्लो तलामा चलिरहेको बेला संयोजक यादव भने बैठकका लागि काठमाडौं आएका समिति सदस्यहरुलाई फकाउन अर्को कोठामा जानु परेको थियो। बैठकपछि संचारकर्मीहरुको पार्टीको आन्तरिक विवादमा राखिएको जिज्ञासामा अध्यक्षमण्डलका संयोजक यादवले त्यस्तो केहि नभएको मुद्दा र एजेन्डामा पार्टी एकढिक्का भएको प्रतिक्रिया दिए।

राजपाभित्र अहिले समाजवादी पार्टीसँगको एकीकरण र पार्टीको महाधिवेशन गर्ने सम्बन्धमा स्पष्ट दुई धार देखिएको छ। समाजवादी पार्टीसँग वार्ता गर्न बनेको समितिको संयोजक रहेका राजेन्द्र महतो, वर्तमान संयोजक यादव र अध्यक्षमण्डलका अर्का सदस्य महेन्द्र राय यादव तत्काल वार्ताको पक्षमा छन् भने बाँकि सदस्यहरु पार्टीको अधिवेशन गरेर मात्र औपचारिक प्रक्रिया सुरु गर्ने पक्षमा छन्।








यसमा तपाईको मत

अन्य समाचार

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

जेष्ठ नागरिकको सम्मानस्वरुप नेपाल वायुसेवा निगमले ७० वर्ष नाघेका जेष्ठ नेपाली नागरिकका लागि आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिने...

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसका अवसरमा नेपाल टेलिकमले ग्राहकलाई सय रुपैयाँमा तीन जिबी डाटा प्याक योजना सार्वजनिक गरेको छ । ...

बागलुङ मालपोतमा प्रभुको काउन्टर

बागलुङ मालपोतमा प्रभुको काउन्टर

प्रभु बैंकले बागलुङ नगरपालिकास्थित मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेसले दसैं–तिहारको अवसरमा स्काइवर्थ होम अप्लायन्सेसमा ‘स्काइवर्थ ग्रान्ड छुट उत्सव’ सार्वजनिक गरेको छ । ...

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

त्रिवेणी गु्रपको कर्पोरेट छायाँअन्तर्गत रहेको सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार प्रोडक्ट बजारमा ल्याएको छ । ...

एनआइबिएल–रेडक्रस सहमति

एनआइबिएल–रेडक्रस सहमति

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआइबिएल) र नेपाल रेडक्रस सोसाइटीबीच बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य हेरचाह र साक्षरता प्रवद्र्धनका लागि सहमतिपत्रमा हस्ताक्षर...

एनआइसी एसिया बैंकको पिओएस सेवा सुरु

एनआइसी एसिया बैंकको पिओएस सेवा सुरु

प्राविधिक कारणले अन्य बैंकको एटिएम र पिओएस मेसिनमा नचल्ने एनआइसी एसिया बैंकका डेबिट तथा क्रेडिट कार्ड पुनः सबै बैंकको एटिएम...

डोल्मा इम्प्याक्ट फन्डको पाँचौं वार्षिकोत्सव

डोल्मा इम्प्याक्ट फन्डको पाँचौं वार्षिकोत्सव

डोल्मा इम्प्याक्ट फन्डको पाँचौं वार्षिकोत्सव सम्पन्न भएको छ । ...

Ncell Footer Ad