coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अछाममा जीप दुर्घटनाः २ जनाको मृत्यु, ५ घाइते

अछाम – मेल्लेख गाउँपालिकाको वडा नम्वर ७ नन्देगडामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु गएको छ।अछामको साँफेवगरबाट मेल्लेख गाउँपालिकाको कस्कोटको लागि छुटेको यात्रुवाहक जीप नन्देगडा बजार नजिकै दुर्घटना भएको हो।

दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ।भने ५ जना घाइते भएको गाउँपालिकाले जनाएको छ।मृत्यु हुनेमा मेल्लेख गाउँपालिका वडा नम्वर ७ नन्देगडा चित्रवडाका कौशी साउद सोही ठाउँका किथ्थी साउद रहेको मेल्लेख गाउँपालिका वडा नम्वर ७ का वडा अध्यक्ष नरवहादुर साउदले जानकारी दिए।

साँफेवगरबाट मेल्लेख जादै गरेको से १ ज ९८६ नम्वर को जीप दुर्घटना भएको हो। दुर्घटना के कारणले भयो भन्नेबारेमा अनुसन्धान भइरहेको अछाम प्रहरीले जनाएको छ।

प्रकाशित: १३ भाद्र २०७६ १२:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App