coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

लास देख्ने आशमा बर्षौंदेखि कुरिरहेका यी आँखा

वेपत्ता दिवसका अवसरमा वोहरामा आएका वेपत्ताका आफन्तहरु । तस्बिरः नागरिक

जाजरकोट– १० वर्षे जनयुद्वका क्रममा वेपत्ता भएका भेरी नगरपालिका–१ कालेगाउँ साविकको खलंगा–९ का दिपक वटालाकी आमा चनमति वटालाई अहिले पनि छोरा आउँछ कि भन्ने आशा छ। द्वन्द्वका क्रममा २० वर्ष अघि राज्यद्धारा वेपत्ता पारिएका वटालाको अवस्था अहिले पनि वेपत्ता नै भएकोले आफुलाइ छोरो फर्केर आउँछ कि भन्ने आशा लाग्ने गरेको उनले बताइन्।

यस्तै भेरी नगरपालिका–२ रिसांगबाट तत्कालीन विद्रोही पक्षबाट वेपत्ता बनाइएका रामप्रसास खनालका छोरा दिपक खनाल पनि बाबाका अवस्था अहिलेसम्म अज्ञात नै रहेको बताउँछन्। द्वन्द्वका नाममा सर्वसाधारण जनतालाई वेपत्ता बनाउने त्यति बेलाको राज्य र विद्रोही समुहले अहिलेसम्म आफनो बुबाको अवस्थाबारे एकिन जानकारी नदिएको गुनासो उनले गरे। राजनीतिक परिवर्तनको नाममा ज्यान गुमाएका र वेपत्ता पारिएका नागरिकहरुको बारेमा राज्य र त्यतिबेलाको विद्रोही पक्षले जिम्मेवारी देखाउन नसकेको पनि उनले बताए।

मुलुकको जनयुद्वका बेला वेपत्ता भएकाहरुको सम्झनामा जाजरकोटमा आयोजना गरिएको विशेष कार्यक्रममा सहभागि भएका उनीहरुले यस्तो बताएका हुन्। अन्तर्राष्ट्रिय वेपत्ता दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी जाजरकोट शाखाको अगुवाइमा सदरमुकाम खलंगामा वेपत्ताका परिवारहरुका माझ आयोजित उक्त कार्यक्रममा खनाल र वटाला लगायतका अन्य वेपत्ताका परिवारहरुले राज्य र तत्कालीन विद्रोही पक्षप्रति चर्काे गुनासो गरे। हाम्रा सन्तान यत्रो वर्ष वेपत्ताको सुचीमा छन् तर न राज्य केहि बोल्छ न सरोकारवाला अन्यले कुनै खबर गर्छन हामी सधै पर्खेर मात्रै बस्ने भएको छ, उनीहरुले एकै स्वरमा भने।

यस्तै जिल्ला सदरमुकामको बोहरास्थित वेपत्ताहरुको स्मृतिस्थलमा आयोजित एक कार्यक्रमबीच वेपत्ताहरुको नाममा पुजा तथा पुष्पगुच्छा अर्पण गरेर उनीहरुको सम्झना गरिएको नेपाल रेडक्रस सोसाइटी जाजरकोट शाखाका सभापति हरिबहादुर बस्नेतले बताए। उनले रेडक्रसकर्मी, सुरक्षाकर्मी, वेपत्ता नागरिकका आफन्तहरु, नागरिक समाजका सदस्यहरु तथा सर्वसाधारणहरुको उपस्थितिमा जिल्लाबाट सशस्त्र संघर्षका क्रममा वेपत्ता भएका १३ जना नागरिकहरुको सम्झना गर्ने काम गरिएको बताए।

कार्यक्रममा  विगतमा वेपत्ताका परिवारका लागि रेडक्रसको अन्र्तराष्ट्रिय समिति आइसीआरसीको सहयोगमा विभिन्न सहयोगका कार्यक्रमहरु सञ्चालन गरिएकोबारे  सहभागीहरुलाई जानकारी गराइएको थियो। जाजरकोटबाट द्धन्द्धका क्रममा वेपत्ता भएका १३ जनाको  सम्झनामा  भेरी नगरपालिका–४ बोहरामा स्मृतिस्थल निर्माण गरिएको छ।

प्रकाशित: १३ भाद्र २०७६ १०:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App