coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कुखुरा फर्ममा आगलागी हुँदा लाखौंको क्षति

महोत्तरी– गौशाला नगरपालिका ६ फुलकाहास्थित कुखुरा फर्ममा आगलागी भएको छ। उक्त आगलागीबाट लाखौंको क्षति भएको प्रहरीले जनाएको छ। शुक्रबार बिहान एक्कासी लागेको आगलागिबाट दुई लाख ५० हजार बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय गौशालाको जनाएको हो।

शैलेन्द्रकुमार यादवले संचालन गरेको कुखुरा फर्ममा आगलागी भएको थियो। आगो कसरी लाग्यो त्यसको अनुसन्धान भइरहेको प्रहरीले जनाकारी दिएको छ। आगलागीको भएलगतै प्रहरीले खबर पाएकाले इप्रका गौशालाको प्रहरी टोली र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए।

प्रकाशित: १३ भाद्र २०७६ ०९:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App