coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अनुज्ञापत्रबिना नै उद्योग सञ्चालन

सुरुङ्गा- झापामा सञ्चालित केही उद्योग अनुज्ञापत्र बिना नै सञ्चालनमा रहेका पाइएको छ। खाद्य प्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालयसहित राष्ट्रिय उपभोक्ता मञ्च, बिर्तामोड नगरपालिकाका जनप्रतिनिधिले बिर्तामोडमा सञ्चालित पानी र पाउरोटी उद्योगको अनुगमन गर्दा यस्तो पाइएको हो।

अनुगमनका क्रममा दीपिका पाउरोटी उद्योग र सान्त्वना पानी उद्योगले अनुज्ञापत्र नलिएको पाइएपछि तत्काल अनुज्ञापत्र लिन निर्देशन दिइएको छ। पाउरोटी उद्योग मदन राजवंशी र पानी उद्योग रमेशराज उपाध्याय तथा आनन्द आचार्यले सञ्चालन गरेको बताइएको छ।

बजारमा अखाद्य बस्तु बिक्री हुने गरेको गुनासो बढेसँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले बिहीबार अनुगमन शुरु गरेको हो।     

अनुगमनका लागि कार्यालयका खाद्य निरीक्षक भरत पुरी, बिर्तामोड नगरपालिकाका प्रतिनिधि लक्ष्मीप्रसाद बाँस्कोटा, राष्ट्रिय उपभोक्ता मञ्चकी सदस्य शीला उप्रेती, संवाद समूह झापाका प्रतिनिधि, सञ्चारकर्मी सहभागी थिए। अनुगमन आज पनि गरिने बताइएको छ।रासस

प्रकाशित: १३ भाद्र २०७६ ०५:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App