७ वैशाख २०८१ शुक्रबार
समाज

पचास परिवार बाढीको जोखिममा

बाजुरा- सदरमुकाम मार्तडी नजिकै रहेको बाउली खोलामा आउने बाढीका कारण बडिमालिका नगरपालिका–८ गडखेतको सिङ्गो बस्ती जोखिममा रहेको छ। नजिकै बाउली खोला बग्न थालेपछि बस्ती बग्ने खतरा बढेको हो।     

हरेक वर्ष जागराम बस्नुपर्ने समस्या हुँदा पनि तटबन्धका लागिसमेत कसैले वास्ता नगरेको स्थानीयको गुनासो छ। बाउली खोलामा मिसिने खारगाड खोलाले बढी क्षति पु¥याएको हो। बाउली र खारगाडले कटान गर्दै गएपछि ५० परिवार जोखिममा रहेका वडा सदस्य नरबहादुर अयडीले बताए।     

खोलामा उचित तटबन्ध नहुँदा बस्ती नै सार्नुपर्ने अवस्था देखिएको छ। नगरपालिका र अन्य निकायलाई हारगुहार गर्दा पनि तटबन्धका लागि कसैले वास्ता नगरेको गुनासो स्थानीय धनबहादुर रावलको भनाइ छ। बाउलीकै कटानले यसअघि पनि सिङ्गो बस्ती सार्नु पर्ने अवस्था आएको थियो।

बीचमा केही समय रोकिएपछि स्थानीय पुनः बस्ती बस्न थालेका हुन्। अर्को स्थानमा विकल्प नभएपछि उनीहरुलाई समस्या थपिएको रावलले जानकारी दिए।     

स्थानीय पानी परेको रात नसुतेरै जाग्रराज बस्ने गरेका छन्। जिल्ला सदरमुकाम नै रहेको वडा भएर पनि राज्यका निकायको ध्यान जान सकेको छैन। गडखेतमा ५० परिवार बस्ती भए पनि सयौँ रोपनी जमीन ८ र ९ नम्बर वडाका स्थानीयको रहेको छ।

खोलाले केही भाग खेत कटान गरेर क्षति पु¥याइसकेको छ। तत्काल विकल्प नसोचिए सिङ्गो बाउली नै खोलाको बगरका रुपमा परिणत हुने देखिएको छ। खारगाडमा झोलुङ्गे पुल नहुँदा वडा नं ३ का बासिन्दालाई आवतजावत गर्न समेत समस्या भएको छ।     

पानी परेको दिन खोलामा वारपार गर्नै समस्या हुने गरेको शिक्षकसमेत रहेका स्थानीय धनबहादुर रालवले बताए। मार्तडी बजारका लागि आउने तरकारी पनि रजालीबाटै आउने गरेको छ। पानी परेको दिन तरकारी रोकिने हुँदा बजारमा समस्या हुने गरेको छ।

बस्ती जोखिमसँगै मार्तडीसँगको रजालीको सम्पर्क नै टुट्ने अवस्था आइलागेको वडा नं ३ का वडाध्यक्ष वीरबहादुर रावलले बताए।     

खारगाड खोलाको मुहानको पहिराको बालुवा थुप्रिदै गएको र बाउली खोलाले कटान शुरु गर्दा जोखिम बढेको हो। नदीको उचित व्यवस्थापनका लागि सङ्घ र प्रदेश सरकारसँग नगरपालिकाले पहल थालेको नगर प्रमुख पदम बडुवालले बताए।रासस

प्रकाशित: १३ भाद्र २०७६ ०३:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App