coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

तीन महीनामै कालोपत्रे सडक भासियो

कञ्चनपुर- ब्रह्मदेव–टनकपुर लिंक रोड निर्माण भएको तीन महीनामै कालोपत्रे सडक भासिएको छ। भीमदत्त नगरपालिका वडा नं ८ र १० नजिक खन्या खोलामा बनेको पक्की पुल छेउको कालोपत्रे सडक भासिएको हो।     

वर्षाको पानी जम्मा भएर सडक भासिएको सडक डिभिजन कार्यालयका इञ्जिनीयर योगेन्द्र अधिकारीले बताए। तीन मिटर चौडा र ३० मिटर लम्बाइको सडक तिलकेनी नजिक कालोपत्रे गरिएको सडक भासिएको उनले जानकारी दिए।     

उनले भने, “ठेकेदारलाई पत्राचार गरेर तत्काल पुनःनिर्माण गर्न भनेका छौँ।” दुई दिनभित्रै भाँसिएको सडक निर्माणको कार्य हुने उनले बताए। २१ करोड चार लाख रुपैयाँको लागतमा सडक निर्माणको कार्य एमके निरिज जेभीले गरेको हो।

विसं २०७३ फागुनदेखि सडक निर्माणको कार्य शुरु भई २०७६ भदौ २५ गतेभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने समयावधि रहेको छ।रासस

प्रकाशित: १३ भाद्र २०७६ ०३:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App