coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

भीरबाट लडेर मृत्यु


सोलुखुम्बु – सोलुखुम्बुको खुम्बुमा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ।  खुम्बु पासाङल्हामु गाउँपालिका–२ सुर्खेखोलानजिक भीरबाट लडेर ३० वर्षीय आङसेर्की शेर्पाको ज्यान गएको हो। 

मानसिक सन्तुलन गुमेका शेर्पाको बिहीबार दिउँसो सुर्केखोला किनारमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।  प्रहरीले अनुसन्धान सुरु गरेको छ।  शव पोस्टमार्टमका लागि हेलिकोप्टरमार्फत फाप्लु ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: १३ भाद्र २०७६ ०२:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App