७ वैशाख २०८१ शुक्रबार
कला

‘बुवा’ ले जित्यो फिल्म प्रतियोगिता

ललितपुर – एनसेलले आयोजना गरेको सर्ट फिल्म प्रतियोगितामा कमल सुवेदीको ‘बुवा’ नामक फिल्म उत्कृष्ट घोषित भएको छ। बुधबार ललितपुरस्थित लबिम मलमा आयोजित एनसेल सर्ट फिल्म प्रतियोगितामा ‘बुवा’ फिल्म विजयी घोषित हुँदै एक लाख रुपैयाँ प्राप्त गरेको थियो। एनसेलका प्रमुख प्राविधिक अधिकृत मोहम्मद अदिल ईसरारले उनीसहितको टोलीलाई एक लाख रुपैयाँ प्रदान गरेका थिए।

त्यस्तै विशाल न्यौपाने र टोलीको ‘द इन्ड अफ कल्चर’ फस्ट रनर अप घोषित हुँदै ७५ हजार र द नेक्ट लेभल प्रोडक्सनको ‘वल्र्ड एज होम’ सेकेन्ड रनर अप घोषित हुँदै ५० हजार प्राप्त गरेको थियो। राजा महर्जनको ‘बुवा’ र राईजिङ स्टार नेपालको ‘ड्याड, सन एन्ड ल्यापटप’ ले सान्त्वना पुरस्कारसहित जनही २५ हजार रुपैयाँ प्राप्त गरेका थिए।

बुवाको मुख हेर्ने दिनको अवसरमा एनसेलले गत साउनको तेस्रो सातामा प्रतियोगिताको आह्वान गरेको थियो। युवा फिल्ममेकरलाई प्रोत्साहिन गर्न आयोजित प्रतियोगितामा ७० वटाभन्दा बढी सर्ट फिल्महरूले सहभागिता जनाएका थिए। निर्देशक आसिफ शाह, विद्या चापागाईं र नकिम उद्दिनको निर्णायक टोलीले उत्कृष्ट १० सर्ट फिल्महरू छनोट गरिएको थिए। ‘सशक्त कथा र प्रस्तुतिको आधारमा उत्कृष्ट सर्ट फिल्महरू छनोट भएका थिए,’निर्णायक टोलीका सदस्य विद्या चापागाईंले भनिन्।

कार्यक्रममा उत्कृष्ट १० सर्ट फिल्महरुको प्रिमियर गरिएको थियो। ‘छोटो समयमा कथा भन्नु राम्रो खुबी हो। यसरी फिल्म बनाउँदै सिक्दै जाने माध्यम हो। आशा गरौं भविष्यमा उनीहरूले फिचर फिल्महरू निर्माण गर्नेछन्,’कार्यक्रममा सहभागि हाँस्यकलाकार
हरिवशं आचार्यले भने।

 

प्रकाशित: १३ भाद्र २०७६ ०२:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App