coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जमिनका लागि डढेलो लाउन प्रतिबन्ध

ब्राजिलको अमेजन जंगलमा लागेको डढेलो। तस्बिर ः एजेन्सी

रियो दी जेनेरियो – जमिन खाली गर्ने उद्देश्यका लागि आगो लगाउन ब्राजिल सरकारले प्रतिबन्ध लगाएको छ। अमेजन जंगलमा डढेलोको घटनामा व्यापक मात्रामा वृद्धि भएपछि ब्राजिल सरकारले जमिन खाली गर्ने उद्देश्यसहित आगो लगाउनका लागि ६० दिनसम्म प्रतिबन्ध लगाएको बिबिसीले उल्लेख गरेको छ।

अमेजन जंगलमा लागेको डढेलो नियन्त्रणका लागि केही गर्न नसकेको भन्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा व्यापक दबाब आएपछि राष्ट्रपति जायर बोल्सोनारोले एक आदेशमा हस्ताक्षर गर्दै यस्तो घोषणा गरेका हुन्।

ब्राजिलियन अमेजनमा जमिनका लागि जंगल मास्ने काम यसअघि पनि गैरकानुनी मानिन्थ्यो, यद्यपि यस्तो कानुनको कार्यान्वयन पक्ष कमजोर हुँदा वर्षेनी अमेजन जंगलमा हजारौंको संख्यामा डढेलोको घटना हुने गरेका छन्।

आगलागीका कारण घट्ने खराब अवस्था आउनै बाँकी रहेको भन्दै ब्राजिलका प्रमुख वातावरणविद्हरुले बुधबार सरकारको ध्यानाकर्षण गराएका थिए। अमेजन जंगलमा लागेको डढेलोका कारण उत्पन्न संकटको विषयमा छलफल गर्न आउँदो साता दक्षिण अमेरिकी राष्ट्रहरुको बैठक आह्वान गरिएको छ।
सरकारले घोषणा गरेको प्रतिबन्धको कस्तो असर पर्छ भन्नेबारे भने प्रष्ट नभइसकेको बिबिसीले उल्लेख गरेको छ।

ब्राजिलियन अमेजनमा जमिनका लागि जंगल मास्ने काम यसअघि पनि गैरकानुनी मानिन्थ्यो, यद्यपि यस्तो कानुनको कार्यान्वयन पक्ष कमजोर हुँदा वर्षेनी अमेजन जंगलमा हजारौंको संख्यामा डढेलोको घटना हुने गरेका छन्।

विश्वका कार्बन स्टोरका लागि महŒवपूर्ण अमेजन जंगल पछिल्लो समय जलवायु परिवर्तनको मारमा परिरहेको छ। यस वर्षको आठ महिनाको अवधिमा मात्रै ब्राजिलको अमेजनमा ८० हजारभन्दा बढी डढेलोको विवरण सार्वजनिक भएका छन्। यो संख्या गत वर्ष यसै अवधिको भन्दा ७७ प्रतिशत बढी भएको बिबिसीले उल्लेख गरेको छ।
डढेलोको घटनामा वृद्धि हुनुमा वर्तमान ब्राजिलियन राष्ट्रपति बोल्सोनारोको नीति प्रमुख कारण भएको आरोप वातावारणविद्हरुले लगाउँदै आएका छन्।

राष्ट्रपतिको आदेशमा के छ ?
अमेजनमा लागेको आगोको पछाडिका केही घटनामा गैरकानुनी रूपमा जमिन खाली गर्ने कार्य रहेको बारे ब्राजिलका अभियोजनकर्ताहरुले अनुसन्धान गरिरहेका छन्।

चौतर्फी आरोप बाहिरिएपछि राष्ट्रपतिद्वारा जारी गरिएको आदेशले अब जमिन प्राप्तिको उद्देश्सहित डढेलो लगाउने कार्यलाई देशैभर कडा बनाउने छ।

 

 

 

 

प्रकाशित: १३ भाद्र २०७६ ०२:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App